चलचित्र विधेयक–२०८१ राष्ट्रियसभाबाट पारित « Khabarhub

चलचित्र विधेयक–२०८१ राष्ट्रियसभाबाट पारित


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक–२०८१ पारित भएको छ ।  

बुधबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । 

त्यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित चलचित्र विधेयकमाथि छलफल समेत भएको थियो । २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरि संघीय संरचना र नयाँ प्रविधि अनुरुप बनाउन सरकारले चलचित्रसम्बन्धी विधेयक तर्जुमा गरेको थियो ।

त्यस्तै बैठकमा विधायन व्यवस्थापन समितका सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । भने राष्ट्रिय सभामा ६ वर्षे कार्यकाल सकिन लागेका सदस्यहरुले यस अवधिमा आफूले गरेका काम र अनुभव राखेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक फागुन १ गते शुक्रबार बोलाइएको छ । 

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ४ : ०४ बजे

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

भारतमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी– भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२