दोलखाका युवा नेता खड्काले लिए उम्मेदवारी फिर्ता, कांग्रेसका शिवाकोटीलाई सघाउने « Khabarhub

दोलखाका युवा नेता खड्काले लिए उम्मेदवारी फिर्ता, कांग्रेसका शिवाकोटीलाई सघाउने


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दोलखा- युवा नेता एवम् दोलखाबाट संघीय संसद्का स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी स्थगन गरेको घोषणा गरेका हुन् ।

आइतबार तामाकोशी–४, मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच उनले उम्मेदवारी फिर्ताको घोषणा गरे । उक्त अवसरमा नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटी र कांग्रेस दोलखाका सभापति वर्मा लामाको समेत उपस्थिति रहेको थियो ।

मन्दिरको पवित्र प्राङ्गणमा उभिएर खड्काले अबको निर्वाचनमा शिवाकोटीलाई जिताउन आफू र आफ्नो समूह सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।

उम्मेदवारी फिर्ता लिँदै खड्काले जेन-जी पुस्ताका अगुवाहरूले अनुभवी र भिजन भएका व्यक्तिलाई समर्थन गर्दा मात्र समाजमा वास्तविक परिवर्तन आउने विश्वास व्यक्त गरे । उनले भावनामा बहकिएर भन्दा पनि नतिजा दिने नेतृत्वलाई साथ दिनु आजको आवश्यकता रहेको बताए ।

शिवाकोटी जस्तो बौद्धिक र जुझारु नेतृत्वले दोलखाको आवाज संसदमा बुलन्द पार्ने उनको ठम्याइ छ।  उनले उम्मेदवारी फिर्ताको घोषणा गरे पनि मतपत्रमा भने उनको नाम पनि देखिने छ ।

किनकि निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समय सकिइसकेको छ ।  खड्काले आफूलाई मत नदिइ अब अजयबाबु शिवाकोटीलाई मत दिनसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ४ : २० बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह