प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने निर्धारण गरिसकेको छ ।

पार्टी महामन्त्री गुरु घिमिरेका अनुसार पहिलोपटक कांग्रेसले जनकपुरबाट चुनावी सभा गर्दैछ । घिमिरेले खबरहबलाई दिएको जानकारी अनुसार सभामा कांग्रेसका पूर्व पदाधिकारीदेखि वर्तमान पदाधिकारी सम्पूर्णलाई निमन्त्रणा गरिनेछ ।

कांग्रेसले आगामी निर्वाचनपछि प्रधानमन्त्रीको रुपमा अगाडि सारेका गगन थापा मधेश प्रदेशको सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन् ।

मधेसबाट विस्तृत कटाउने लक्ष्य सहित कांग्रेस निर्वाचनमा होमिएको छ ।

‘हामीले पहिलो चुनावी सभा यसपटक मधेस प्रदेशको जनकपुरबाट गर्दैछौँ । पूर्व पदाधिकारीदेखि पदाधिकारी सम्पूर्ण नेताहरूलाई केन्द्रीय कार्यालयले निम्ता पठाउनेछ ।’ घिमिरेले खबरहबलाई भने, ‘फागुन ४ गते अगाडि घोषणापत्र सार्वजनिक गर्छौं र ७ गते जनकपुरमा सभा गर्छौं ।’

नेपाली कांग्रेस मधेश झरेपछि वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले भने सुदूरपश्चिम प्रदेशको धनगढीबाट पहिलो सभा गर्ने भएको छ। 

पार्टी सहप्रवक्ता प्रतिभा रावलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीमा फागुन ६ गते बृहतसभा गर्ने तयारी गरेको हो। रावलका अनुसार सभामा पार्टी सभापति रवि लामिछाने वरिष्ठ नेता बालेन्द्र शाह उपसभापति स्वर्णिम वाग्ले डीपी अर्याल लगायतका नेताहरू पनि उपस्थित हुनेछन् ।

यस अगाडि पार्टीले प्रधानमन्त्रीको रूपमा अगाडि सारेका बालेन्द्र शाह सुदूरपश्चिमका विभिन्न जिल्लाहरू घुमेर आफ्नो प्रचारप्रसार गरिरहेका छन्। सभापति रवि भने खुट्टामा चोट लागेका कारण माघ ५ गतेदेखि सार्वजनिक कार्यक्रममा खासै निस्किएका छैनन्।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ५ : ४७ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति