कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम « Khabarhub

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने बताइन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्न आज जुम्ला पुगेकी स्वास्थ्यमन्त्री गौतमले प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधारका लागि बजेट अभाव हुन नदिने बताएकी हुन्।

उनका अनुसार कठिन भूगोल र सीमित स्रोतसाधनका बीच स्वास्थ्य सेवा, अध्ययन तथा अनुसन्धानका क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा गरेको काम महत्त्वपूर्ण रहेको छ। बजेट अभावले प्रतिष्ठानको भौतिक पूर्वाधार विकास र सेवा सुधार रोकिन नहुने उनको भनाइ छ।

कर्णालीको सम्भावना बुझ्न जुम्ला आएको मन्त्री गौतमको भनाइ छ। बजेट अभावकै कारण प्रतिष्ठानको चेरे चौरमा निर्माण भइरहेको बहुउद्देश्यीय परियोजनाका भवनले पूर्णता नपाएको समस्या रहेकाले एकै चोटी अर्बका हिसाबले बजेट दिन सम्भव नभएको हुँदा वार्षिक बजेटमा प्राथमिकता दिइने स्वास्थ्यमन्त्री गौतलले उल्लेख गरिन्।

स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मन्त्रालय लागि परेको छ। प्रतिष्ठानको गुणस्तरीय स्वास्थ्य सेवालाई थप विस्तार गर्न मन्त्रालयले आवश्यक सहयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विकास देवकोटाले जानकारी दिए।

बजेट अभाले प्रतिष्ठानका भौतिक संरचना निर्माण हुन सकेका छैन। स्वास्थ्य सेवालाई विस्तार गरी माथिल्लो कर्णालीका गाउँबस्तीमा पुगेर विशेषज्ञ स्वास्थ्य शिविरसमेत प्रतिष्ठानले सञ्चालन गर्दे आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन रोकायाले बताए।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  १० : ०४ बजे

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति