एलजी नेपालले घोषणा गर्‍यो गर्मी सुरु हुनुअघि निःशुल्क एसी सेवा शिविर « Khabarhub

एलजी नेपालले घोषणा गर्‍यो गर्मी सुरु हुनुअघि निःशुल्क एसी सेवा शिविर


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ ।

यस पहलमार्फत एलजीका ग्राहकहरूले आफ्ना एयर कन्डिसनरहरू प्रशिक्षित प्राविधिकद्वारा कुनै पनि सेवा शुल्क बिना निरीक्षण तथा मर्मत गराउन सक्नेछन्।   

कम्पनीका अनुसार यस सेवा शिविरमा ग्राहकहरूका लागि थप विभिन्न लाभहरू पनि उपलब्ध छन् । ग्राहकहरूले स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिद गर्दा २० प्रतिशत छुट, साथै ४ हजार रुपैयाँबराबरको निःशुल्क इन्स्टलेसन सुविधा पाउन सक्छन् । साथै, पुरानो एसी साटेर नयाँ मोडेलमा अपग्रेड गर्ने एसी एक्सचेन्जमा ५० प्रतिशतसम्म अतिरिक्त मूल्याङ्कन पाउन सकिनेछ ।

सेवा शिविरमा सहभागी हुने ग्राहकहरूले ३ हजार रुपैयाँ बराबरका दुईवटा सेवा कुपन पनि प्राप्त गर्नेछन्, जुन छ महिनासम्म मान्य हुनेछ ।  

अपग्रेड प्रक्रियालाई अझ सहज बनाउन, एलजी र सीजीले सीजीएक्स एलेक्समार्फत सजिलो ईएमआई सुविधा पनि उपलब्ध गराइरहेका छन्, जसले ग्राहकहरूलाई लचिलो भुक्तानी योजनासहित नयाँ एसीखरिद गर्न सहयोग गर्नेछ।

निःशुल्क एसी सेवा शिविरको सुविधा लिन ग्राहकले सिजी केयर आधिकारिक क्युआरकोड स्क्यान गरेर वा सेवा हटलाइन १६६-००-१००-२११ वा ०१-५९७०२११ मा सम्पर्क गरेर दर्ता गर्न सक्नेछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १२ : ५५ बजे

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका