परराष्ट्रले भन्यो- मध्यपूर्वबाट स्वदेश फर्किन चाहनेलाई जसरी पनि उद्धार गर्छौँ « Khabarhub

परराष्ट्रले भन्यो- मध्यपूर्वबाट स्वदेश फर्किन चाहनेलाई जसरी पनि उद्धार गर्छौँ


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई सरकारले जसरी पनि उद्धार गर्ने जनाएको छ । 

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रले मध्यपूर्वका देशमा गएका श्रमिकहरूलाई समस्या देखिए जसरी पनि उद्धार गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री बालानन्द शर्माले मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको बताए । उनले नेपाली श्रमिकहरू जोखिममा परे उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामा रहेको बताए ।

एकै पटक लाखौँको संख्यामा उद्धार गर्नुपर्ने अवस्था आए त्यही प्रकारको पूर्वाधार जुटाइने उनले बताए । मन्त्री शर्माले मध्यपूर्वको द्वन्द्वका कारण श्रमिकहरू भन्दा बढी ट्रान्जिटमा फसेकाहरू समस्यामा रहेको उल्लेख गरे । ट्रान्जिटमा फसेकाहरूको आवास र खानपानको व्यवस्था सम्बन्धित नियोग र सम्बन्धित एयरलायन्यसहरूले व्यवस्था गरेको उनले जानकारी दिए । 

त्यसैगरि परराष्ट्रका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले मध्यपूर्वको द्वन्द्वका कारण हालसम्म १५ जना नेपाली घाइते भएको र एक जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु भएकाको अव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण समेत भइसकेको र क्षतिपूर्तिको प्रक्रिया अघि बढाइएको उनले बताए । 

उनले द्वन्द्वमा प्रभावित नेपाली नागरिकलाई सम्पर्कमा ल्याउन नेपाली नियोगहरूले काम गरिरहेको उल्लेख गरे । हालसम्म कन्सुलर विभागको अनलाइनमा ६३ हजार ५ सय ७० जनाले आफ्नो विवरण दर्ता गरेको र असुरक्षित गरेकाहरूलाई नियोगमार्फत सम्पर्क गर्ने काम भइरहेको खड्काले बताए  । 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ६ : ३१ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा