परराष्ट्रले भन्यो- मध्यपूर्वबाट स्वदेश फर्किन चाहनेलाई जसरी पनि उद्धार गर्छौँ « Khabarhub

परराष्ट्रले भन्यो- मध्यपूर्वबाट स्वदेश फर्किन चाहनेलाई जसरी पनि उद्धार गर्छौँ


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई सरकारले जसरी पनि उद्धार गर्ने जनाएको छ । 

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रले मध्यपूर्वका देशमा गएका श्रमिकहरूलाई समस्या देखिए जसरी पनि उद्धार गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री बालानन्द शर्माले मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको बताए । उनले नेपाली श्रमिकहरू जोखिममा परे उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामा रहेको बताए ।

एकै पटक लाखौँको संख्यामा उद्धार गर्नुपर्ने अवस्था आए त्यही प्रकारको पूर्वाधार जुटाइने उनले बताए । मन्त्री शर्माले मध्यपूर्वको द्वन्द्वका कारण श्रमिकहरू भन्दा बढी ट्रान्जिटमा फसेकाहरू समस्यामा रहेको उल्लेख गरे । ट्रान्जिटमा फसेकाहरूको आवास र खानपानको व्यवस्था सम्बन्धित नियोग र सम्बन्धित एयरलायन्यसहरूले व्यवस्था गरेको उनले जानकारी दिए । 

त्यसैगरि परराष्ट्रका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले मध्यपूर्वको द्वन्द्वका कारण हालसम्म १५ जना नेपाली घाइते भएको र एक जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु भएकाको अव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण समेत भइसकेको र क्षतिपूर्तिको प्रक्रिया अघि बढाइएको उनले बताए । 

उनले द्वन्द्वमा प्रभावित नेपाली नागरिकलाई सम्पर्कमा ल्याउन नेपाली नियोगहरूले काम गरिरहेको उल्लेख गरे । हालसम्म कन्सुलर विभागको अनलाइनमा ६३ हजार ५ सय ७० जनाले आफ्नो विवरण दर्ता गरेको र असुरक्षित गरेकाहरूलाई नियोगमार्फत सम्पर्क गर्ने काम भइरहेको खड्काले बताए  । 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ६ : ३१ बजे

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,