एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ « Khabarhub

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले स्वाधिनता र राष्ट्रभक्तिका मुद्दा आफू सँधै अडिग रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष रहेको उल्लेख गर्दै आफूले विगतदेखि उठाउँदै आएका स्वाधीनता र राष्ट्रभक्तिका मुद्दामा अटल रहने बताएका हुन् ।

उनले एमसीसी खारेज गर्नुपर्ने कुरामा आफू अडिग रहेकाले शंका नगर्न आग्रह समेत गरेका छन् ।

उनले उपसभामुख पार्टीको पद नभइ राज्यको भएको जिकिर गर्दै उक्त पदमा आफ्नो पार्टीको कुनै स्वार्थ नभएको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्– ‘हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौँ ! उपसभामुख राज्यको पद हो पार्टीको होइन ! हाम्रो कुनै स्वार्थ छैन ! हाम्रा स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन् ! अझै भन्छु एमसीसी खारेज गर्नै पर्छ ’ शंका नगर्नु नेपाली रगतलाई !’

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ८ : ४६ बजे

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका

कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे

काठमाडौं- कुनै समय काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहका विश्वासपात्र