एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ « Khabarhub

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले स्वाधिनता र राष्ट्रभक्तिका मुद्दा आफू सँधै अडिग रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष रहेको उल्लेख गर्दै आफूले विगतदेखि उठाउँदै आएका स्वाधीनता र राष्ट्रभक्तिका मुद्दामा अटल रहने बताएका हुन् ।

उनले एमसीसी खारेज गर्नुपर्ने कुरामा आफू अडिग रहेकाले शंका नगर्न आग्रह समेत गरेका छन् ।

उनले उपसभामुख पार्टीको पद नभइ राज्यको भएको जिकिर गर्दै उक्त पदमा आफ्नो पार्टीको कुनै स्वार्थ नभएको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्– ‘हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौँ ! उपसभामुख राज्यको पद हो पार्टीको होइन ! हाम्रो कुनै स्वार्थ छैन ! हाम्रा स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन् ! अझै भन्छु एमसीसी खारेज गर्नै पर्छ ’ शंका नगर्नु नेपाली रगतलाई !’

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ८ : ४६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म