शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा « Khabarhub

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध अन्त्यका लागि इरानी र अमेरिकी उच्च अधिकारीहरुको टोली पाकिस्तानको इस्लामाबाद पुगेको छ ।

उच्च स्तरीय शान्ति वार्ताका लागि इरानको तर्फबाट संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची इस्लामाबाद पुगेका छन् ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले आफ्ना प्रतिनिधिहरू वार्ता स्थल पुगिसकेको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

उता, अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली पनि इस्लामाबाद पुगेकाे छ । इरानपछि अमेरिकाका वार्ताकारहरू इस्लामाबाद पुगेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि प्रस्थान गरेको अमेरिकी टोलीलाई सफलताको शुभकामना दिएका छन् । टोलीको नेतृत्व गरेका उपराष्ट्रपति भान्सले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू वार्ताका लागि उत्साहित रहेको बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ११ : ५० बजे

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका

कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे

काठमाडौं- कुनै समय काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहका विश्वासपात्र