संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल « Khabarhub

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी नदेखिएको टिप्पणी गरेका छन् ।

शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जननिर्वाचित संसद्ले बनाएको प्रधानमन्त्रीले संसद्‌मा केही नबोलेका कारण प्रश्नहरू उठिरहेको समेत बताए । जनताको सार्वभौम सत्ताको प्रयोग जन–जननिर्वाचित संसद्‍मा प्रधानमन्त्री बोल्न आवश्यक नठान्नु स्वेच्छाचारी शासनको संकेत भएको उनको भनाइ छ ।

त्यस्तै महासचिव पोखरेलले एमाले र एमाले नेतृत्व भ्रष्टाचारमा डुबेको भाष्य निर्माण गर्ने काम भएको बताए । पुरानालाई नभइ नयाँलाई मत दिए मुलुकमा सुशासन कायम र विकासले तीव्रता प्राप्त गर्छ भन्ने मान्यताका साथ पुराना दल र नेतामाथि अनास्था र अविश्वास पैदा गर्ने काम भएको उनले बताए ।

महासचिव पोखरेलले अहिले सुशासनका नाममा नेतृत्वमा आएकाहरू आफैले गरेका वाचा कबुल अन्तर्गत पारदर्शितालाई आत्मसात गर्न नसकेको आरोप लगाए । अन्तरिम सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्तिको विवरण समेत सार्वजनिक नगरेको अवस्थामा नयाँ सरकारका मन्त्रीहरू अहिले पनि सम्पत्ति विवरण बुझाउने कुरामा आलटाल गरिरहेको महासचिव पोखरेलले बताए ।

उनले प्रतिनिधिसभाका सभामुखको सम्पती विवरणप्रति समेत प्रश्न उठाए । सभामुखको सम्पत्ती विवरण धेरैलाई पत्याउन गाह्रो भइरहेको उनको भनाइ छ । उनले नेपालमा लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेका र नेपाललाई घोर राजनीतिक द्वन्द्वबाट पृथक् राख्ने नीतिका हिमायतीहरू माथि प्रहार भएको समेत बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  १ : ४६ बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले