शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो « Khabarhub

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । 

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत आर्थिक वर्षमा १२ महिला र ४५ पुरुष गरी ५७ जनामा फोक्सोको क्षयरोग पुष्टि भएको थियो । सोही अवधिमा फोक्सो बाहेक शरीरका अन्य अङ्गमा क्षयरोग देखिएका २० क्षयरोगीको उपचार गरिएको थियो ।

स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार गत वर्ष ११ जनामा उपचारपछि पुनः क्षयरोग बल्झिएको थियो । चालु आर्थिक वर्षमा हालसम्म फोक्सोको क्षयरोगबाट प्रभावित आठ महिला र २१ पुरुष गरी २९ जना उपचाररत छन् । अन्य अङ्गमा क्षयरोगको संक्रमण देखिएका तीन महिला र १० पुरुष उपचाररत छन् । पाँच जनामा पुनः रोग बल्झिएको छ ।

“क्षयरोग ‘माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस’ नामक जीवाणुका कारण हुने सङ्क्रामक रोग हो” शाखा प्रमुख भट्टले भने, ‘जुन मुख्यतः हावामार्फत सर्ने गर्दछ, सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा थुक्दा निस्कने सुक्ष्म किटाणु मार्फत यो रोग स्वस्थ व्यक्तिमा सर्ने गर्दछ ।’ 

नगरपालिकाले बिरामीको सहज पहुँचका लागि बन्साह, पिताम्बर, झलारी, पिपलाडी र वनसमिति गरी पाँच स्थानमा डट्स केन्द्र सञ्चालनमा ल्याएको छ । ती केन्द्रबाट स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निःशुल्क औषधि वितरण, खकार परीक्षण र उपचार सेवा प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ३ : २२ बजे

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता