विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत « Khabarhub

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत भएको छ । इरानी स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले विदेशी बैंकमा रहेका इरानका सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत भएको जनाएको हो ।

नाम नबताउने सर्तमा रोयटर्ससँग कुरा गर्दै उक्त इरानी स्रोतले सम्पत्ति फुकुवा गरिनुलाई होर्मुज जलडमरूमा सुरक्षित आवतजावत सुनिश्चित गर्ने प्रयाससँग प्रत्यक्ष रूपमा जोडिएको जनाएको छ ।

यस कदमलाई पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँग चलिरहेको शान्ति वार्ताप्रति अमेरिका गम्भीर रहेको अर्थमा बुझिएको छ । इरानले यसअघि नै विदेशमा रोक्का राखिएका आफ्ना सम्पत्ति फुकुवा नभएसम्म वार्तामा नबस्ने चेतावनी दिएको थियो ।

यद्यपि, अमेरिकी पक्षले भने इरानको सम्पत्ति फुकुवा गर्ने विषयमा अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ३ : ३० बजे

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता