ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति « Khabarhub

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ।

शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको नेकपाको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले उक्त कदम गलत रहेको ठहर गर्दै यसको सशक्त विरोध गर्ने निर्णय गरेको छ। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता जगन्नाथ खतिवडा ले विद्यार्थी संगठनलाई क्याम्पसभित्र प्रतिबन्ध लगाउने तथा ट्रेड युनियनमाथि रोक लगाउने प्रयासले विद्यार्थी र श्रमिकको अधिकार कुण्ठित हुने निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, सरकारका गतिविधि, पार्टीको आगामी कार्ययोजना तथा विभिन्न समितिहरूको समायोजनका विषयमा छलफल भइरहेको पनि उनले बताए। हालसम्म ४५ जना सदस्यले धारणा राखिसकेको र बैठकलाई वैशाख ३ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिइएको छ।

त्यसैगरी, मुलुकको वर्तमान परिस्थिति र पार्टीका आन्तरिक विषयमा आवश्यक निर्णय गर्दै केन्द्रीय कार्यसंयोजक समितिको बैठक वैशाख ४ गतेभित्र सम्पन्न गरिने नेता खतिवडाले उल्लेख गरे।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ४ : ०८ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ