पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल « Khabarhub

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी र दिगो बनाउन गाउँतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भीटोफ) को अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले ग्रामीण पर्यटनले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन्।

 उनले भने, ‘पर्यटनलाई राष्ट्रव्यापी विकासको माध्यम बनाउने हो भने गाउँ केन्द्रित रणनीति आवश्यक छ ।’ 

ग्रामीण पर्यटनको सम्भावना हुँदाहुँदै पूर्वाधार अभाव, दक्ष जनशक्तिको कमी, बजार पहुँच सीमितता र प्रभावकारी प्रचारको अभावका कारण अपेक्षित विकास हुन नसकेको जनाउँदै उनले सडक, विद्युत्, खानेपानी, इन्टरनेट, स्वास्थ्य र सुरक्षाजस्ता आधारभूत पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

पर्यटनमैत्री कानुनी संरचना निर्माण, सङ्घ–प्रदेश–स्थानीय तहबीच समन्वय र दीर्घकालीन नीति निर्माणको आवश्यकता औँल्याउँदै उनले राष्ट्रिय सभाको अध्यक्षको हैसियतले आवश्यक समन्वय र सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ५ : २२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली