छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग « Khabarhub

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गरेर भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न माग गरेको छ । पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा वर्तमान बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग बनाउनुपर्ने माग गरिएको छ ।

पार्टीको हालै सम्पन्न राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकले विभिन्न ११ बुँदे समसामयिक प्रस्तावहरू पारित गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले वि.सं. २०४८ देखिका उच्चपदस्थ कर्मचारी र राजनीतिक व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ । यस्तै, मध्यपूर्वको द्वन्द्वका कारण सिर्जित ऊर्जा संकट समाधान गर्न र बजारमा व्याप्त महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरिएको छ ।

पार्टीले इरान, प्यालेस्टाइन, लेबनान, इराक र यमनमा भइरहेको आक्रमणको कडा आलोचना गरेको छ । अमेरिकी र इजरायली कदमलाई साम्राज्यवादी भन्दै पार्टीले यस्ता आक्रमण तत्काल रोक्न माग गरिएको छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पतीको अपहरण प्रयासको निन्दा गर्दै पार्टीले उनीहरूको बिना सर्त रिहाइको माग समेत गरेको छ ।

पार्टीले आत्मनिर्भर अर्थतन्त्रको निर्माण, रोजगारी प्रवद्र्धन र ऊर्जा संकट समाधानका लागि नेपाली भान्सालाई विद्युतीकरण गर्ने कार्ययोजना ल्याउन सरकारलाई दबाब दिएको छ । असमान सन्धि सम्झौताहरू खारेज गर्नुपर्ने र बहुध्रुवीय विश्व व्यवस्था अनुसारको आर्थिक प्रणाली विकास गर्नुपर्नेमा पार्टीले जोड दिएको छ । नेकपा संयुक्तले आगामी असोजभित्र जिल्ला तहमा संगठन विस्तार गरी मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ७ : ४४ बजे

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा