ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन् « Khabarhub

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल बोक्ने ट्यांकरहरू अमेरिकातर्फ आइरहेको दाबी गरेका छन् । इरानसँग जारी युद्धका कारण उत्पन्न प्रभावपछि अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य उच्च रहेको अवस्थामा उनले यस्तो टिप्पणी गरेका हुन् ।

शनिबार सामाजिक सञ्जाल टुथ्र सोसलमा गरिएको पोस्टमा ट्रम्पले मुख्यधाराका सञ्चारमाध्यममाथि आलोचना गर्दै द्वन्द्वसम्बन्धी रिपोर्टिङप्रति असन्तुष्टि समेत जनाए । उनले अमेरिकी सेनाले हर्मुज जलडमरू मार्ग क्षेत्रमा “सफा गर्ने” प्रक्रिया सुरु गरिरहेको पनि उल्लेख गरे ।

ट्रम्पका अनुसार यो कार्य चीन, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनीलगायत विश्वका अन्य देशहरूको हितका लागि गरिएको सहयोग हो । उनले ती देशहरूसँग आफैं यस्तो काम गर्ने साहस वा इच्छाशक्ति नभएको दाबी पनि गरे ।

उनले थपे, ‘अचम्मको कुरा के छ भने, विभिन्न देशका खाली तेल ट्यांकरहरू अहिले अमेरिकातर्फ आइरहेका छन्, जहाँ उनीहरू तेल भर्न चाहन्छन्।’

यता, एक महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्वपछि दीर्घकालीन युद्धविरामको प्रयासस्वरूप अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू पाकिस्तानमा भेटेर वार्ता सुरु गरेका छन्।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ९ : २४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको