अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित « Khabarhub

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टायर विस्फोट हुँदा आगो निस्किएको छ ।

इस्तानबुलबाट आज (सोमबार) बिहान काठमाडौँ आएको टीके ७२६ कल साइनको विमान अवतरणका क्रममा एउटा टायर विस्फोट हुँदा आगोसँगै धुवाँ निस्किएको थियो । टायर फुटेपछि पांग्राको भागमा, इन्जिननजिकै आगो र धुवाँ देखिएको विमानस्थल नजिकैबाट पाइलट बेद उप्रेतीले बताए ।

त्यसपछि चालक दल र विमानस्थल प्रशासनले सुरक्षा सतर्कतास्वरूप यात्रुहरूलाई ढोकाबाट नभई आकस्मिक उद्धार (स्लाइड) मार्फत् बाहिर निकालेका हुन्।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको उडान र अवतरण बन्द गरिएको छ ।

जहाजमा ४ बच्चासहित २७७ यात्रु रहेका थिए । जहाजमा रहेका सम्पूर्ण यात्रु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ८ : ०३ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र