अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित « Khabarhub

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टायर विस्फोट हुँदा आगो निस्किएको छ ।

इस्तानबुलबाट आज (सोमबार) बिहान काठमाडौँ आएको टीके ७२६ कल साइनको विमान अवतरणका क्रममा एउटा टायर विस्फोट हुँदा आगोसँगै धुवाँ निस्किएको थियो । टायर फुटेपछि पांग्राको भागमा, इन्जिननजिकै आगो र धुवाँ देखिएको विमानस्थल नजिकैबाट पाइलट बेद उप्रेतीले बताए ।

त्यसपछि चालक दल र विमानस्थल प्रशासनले सुरक्षा सतर्कतास्वरूप यात्रुहरूलाई ढोकाबाट नभई आकस्मिक उद्धार (स्लाइड) मार्फत् बाहिर निकालेका हुन्।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको उडान र अवतरण बन्द गरिएको छ ।

जहाजमा ४ बच्चासहित २७७ यात्रु रहेका थिए । जहाजमा रहेका सम्पूर्ण यात्रु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ८ : ०३ बजे

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय