के सरकारका अध्यादेश आजबाटै विपक्षी दलले निष्क्रिय गर्दिन सक्छन् ? « Khabarhub

के सरकारका अध्यादेश आजबाटै विपक्षी दलले निष्क्रिय गर्दिन सक्छन् ?


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ल्याएका ८ वटा अध्यादेश विपक्षी दलले आजदेखि नै निष्क्रिय गरिदिन सक्ने सम्भावना देखिएको छ । संविधानमा भएको व्यवस्थाअनुसार विपक्षी दलले सरकारलाई असहयोग गर्न चाहेमा आज नै ती अध्यादेश निष्क्रिय गरिदिन सक्ने देखिएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिको आह्वानमा संघीय संसदको दुवै सदनको बैठक आजबाट सुरु हुँदैछ । दुवै सदनको बैठकमा सरकारले जारी गरेका ८ वटा अध्यादेश पेस गर्ने कार्यसूची छ । जसमा सत्तापक्षको शून्य उपस्थिति रहेको राष्ट्रिय सभाले अध्यादेश अस्वीकृत गरेमा आजबाट नै निस्क्रिय हुने सम्भावना देखिएको हो ।

संविधानको धारा ११४ मा अध्यादेश सम्बन्धी व्यवस्था छ । संविधानको धारा ११४ को उपदफा (२) को (क)मा जारी भएको अध्यादेश संघीय संसदको दुवै सदनमा पेश गरिने र दुवै सदनले अस्वीकार गरेमा स्वतः निष्क्रिय हुने व्यवस्था छ ।

‘जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ’, उक्त उपदफामा उल्लेख छ ।

५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसका २४, नेकपाका १७, एमालेका १०, जनता समाजवादी पार्टी (जसपा)का ३ जना, मनोनित २ जना, लोसपा र राष्ट्रिय जनमोर्चाका १–१ जना सदस्य रहेका छन् । एकजना भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ । जसमा कांग्रेस र एमाले वा कांग्रेस र नेकपा मिलेर मात्रै बहुमत पुग्ने अवस्था छ ।

राष्ट्रिय सभामा रहेका कुनै दुल दल मिलेर अध्यादेशको विपक्षमा उभिएमा सरकारले ल्याएका अध्यादेश आजबाट नै निष्क्रिय हुनसक्ने अवस्था अंकगणितले देखाएको छ ।

तर, सरकारले ल्याएको अध्यादेशलाई समर्थन गर्ने वा निष्क्रिय गरिदिने भन्ने विषयमा भने अहिलेसम्म कुनै पनि दलले एकल वा संयुक्त रूपमा छलफल गरेका छैनन् । जसले गर्दा सरकारका अध्यादेश राष्ट्रिय सभाबाट नरोकिने सम्भावना पनि देखिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १२ : १२ बजे

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक