दुआ लिपाको तस्बिर विवाद : सामसङविरुद्ध १ करोड ५० लाख डलरको मुद्दा « Khabarhub

दुआ लिपाको तस्बिर विवाद : सामसङविरुद्ध १ करोड ५० लाख डलरको मुद्दा


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती पप गायिका दुआ लिपाले दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सविरुद्ध १ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित जिल्ला अदालतमा शुक्रबार दायर गरिएको मुद्दामा सामसङले आफ्ना विभिन्न टेलिभिजन मोडलको प्याकेजिङमा दुआ लिपाको तस्बिर अनुमतिबिना प्रयोग गरेको आरोप लगाइएको छ । लिपाको कानुनी टोलीका अनुसार उक्त तस्बिर कम्पनीले उत्पादनको प्रचार र बिक्री बढाउन प्रयोग गरेको हो ।

मुद्दामा कपिराइट उल्लङ्घन, ट्रेडमार्क उल्लङ्घन तथा कलाकारको छवि र पहिचानको दुरुपयोग गरिएको दाबी गरिएको छ । कानुनी कागजातअनुसार विवादित तस्बिर सन् २०२४ मा अस्टिन सिटी लिमिट्स संगीत महोत्सवमा गरिएको प्रस्तुति क्रममा खिचिएको थियो र त्यसको कपिराइट आफ्नै स्वामित्वमा रहेको लिपाले दाबी गरेकी छन् ।

लिपाले सन् २०२५ जुनमा सामाजिक सञ्जालमार्फत यो विषयबारे जानकारी पाएकी थिइन् । फ्यानहरूले “दुआ लिपा टिभी बक्स” भन्दै फोटो र पोस्टहरू साझा गरेपछि यो विषय भाइरल बनेको बताइएको छ ।

मुद्दामा इन्स्टाग्रामका केही प्रतिक्रियासमेत समावेश गरिएको छ, जहाँ प्रयोगकर्ताहरूले दुआ लिपाको तस्बिर भएकै कारण उक्त टेलिभिजन खरिद गर्न चाहेको उल्लेख गरेका छन् । लिपाको कानुनी टोलीले सामसङलाई पटक–पटक उल्लङ्घन रोक्न आग्रह गरिए पनि कम्पनीले बेवास्ता गरेको आरोप लगाएको छ ।

लिपा यसअघि पुमा र भर्साचे जस्ता ब्रान्डसँग सहकार्य गरिसकेकी छन् । उनले एप्पल, पोर्श र च्यानल लगायतसँग पनि काम गरेकी छन् । हालै उनी  नेस्प्रेसोकी ग्लोबल एम्बेसेडर बनेकी छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : ४९ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक