भारतीय सहयोगमा बन्ने कैलालीको सिद्धनाथ मावि भवनको शिलान्यास « Khabarhub

भारतीय सहयोगमा बन्ने कैलालीको सिद्धनाथ मावि भवनको शिलान्यास


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिकामा विद्यालय भवन बन्ने भएको छ। उक्त भवनको आइतबार एक समारोहबीच शिलान्यास गरिएको छ।

धनगढी उपमहानगरपालिका–१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको नयाँ भवन भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले शिलान्यास गरेका हुन्।

भारत सरकारको आर्थिक सहयोगमा करिब ३.६ करोड रुपैयाँ लागतमा भवन निर्माण हुने भएको छ। उक्त परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत धनगढी उपमहानगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ संरचनाले विद्यार्थी र शिक्षकका लागि सिकाइ वातावरण सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

भारत र नेपालबीचको दीर्घकालीन र बहुआयामिक सहकार्यको उदाहरणका रूपमा यस्तो परियोजनाले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्दै दुवै देशबीचको विकास साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : ०८ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई