भारतीय सहयोगमा बन्ने कैलालीको सिद्धनाथ मावि भवनको शिलान्यास « Khabarhub

भारतीय सहयोगमा बन्ने कैलालीको सिद्धनाथ मावि भवनको शिलान्यास


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिकामा विद्यालय भवन बन्ने भएको छ। उक्त भवनको आइतबार एक समारोहबीच शिलान्यास गरिएको छ।

धनगढी उपमहानगरपालिका–१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको नयाँ भवन भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले शिलान्यास गरेका हुन्।

भारत सरकारको आर्थिक सहयोगमा करिब ३.६ करोड रुपैयाँ लागतमा भवन निर्माण हुने भएको छ। उक्त परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत धनगढी उपमहानगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ संरचनाले विद्यार्थी र शिक्षकका लागि सिकाइ वातावरण सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

भारत र नेपालबीचको दीर्घकालीन र बहुआयामिक सहकार्यको उदाहरणका रूपमा यस्तो परियोजनाले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्दै दुवै देशबीचको विकास साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : ०८ बजे

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला

बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको

एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित

भक्तपुरको एक विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुर– भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

काठमाडौँ– नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ