सरकारलाई हर्कको प्रश्न : सीमा सुरक्षामा पठाउनुपर्ने सेना खटाएर नागरिक बस्तीमा डोजर चलाउनु कति जायज हो ? « Khabarhub

सरकारलाई हर्कको प्रश्न : सीमा सुरक्षामा पठाउनुपर्ने सेना खटाएर नागरिक बस्तीमा डोजर चलाउनु कति जायज हो ?


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले प्रतिनिधिसभाको बैठकमा सरकारको नीति र शैलीको कडा आलोचना गरेका छन्।

उनले सीमा सुरक्षा, सुकुम्बासी समस्या, अध्यादेश, बजेट र तस्करीका विषयमा सरकारलाई प्रश्न गर्दै संसद् छल्ने कार्यलाई लोकतन्त्रको अपमान भनेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै साम्पाङले भने, ‘सेनालाई सीमा बचाउन खटाउन छाडेर आफ्नै नागरिक उठिबास लगाउन दुरुपयोग गर्न लगाउनु कति जायज हो ?’

भारत र चीनले व्यापारिक मार्ग बनाउन लागेको नेपाली भूमि लिपुलेकको विषय उल्लेख गर्दै उनले भने, ‘लिपुलेकमा भारतले सडक बनाउँदै गर्दा सरकार बोल्दैन।’

सुकुम्बासीहरूसँग सरकारको व्यवहार र ज्यादतीप्रति उनले आक्रोश व्यक्त गरे । ‘गरिब सुकुम्बासी राखिएको होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानु भयो कि कतै लुकेर जानु भयो’, उनले भने।

संसद् छलेर अध्यादेश ल्याएको विषयमा उनले लोकतन्त्रकै अपमान भएको बताए । ‘संसद् छल्नु भनेको लोकतन्त्र नमान्नु हो, विधिको अपमान गर्नु हो’, उनले भने।

संवैधानिक परिषद्को विषयमा बोल्दै साम्पाङले सरकारलाई निशाना साँधे । ‘सरकार चलाउनेलाई अंकगणित पनि सिकाउनुपर्ने भयो। ६ सदस्य रहेको परिषद्मा ३ जनाको मात्रै कसरी बहुमत भयो ?’, उनले भने।

उनले विदेशी ऋणप्रति पनि सरकारको आलोचना गरे। भने, ‘विदेशी ऋण लिने कुरामा यो सरकारले विश्वकीर्तिमान राख्ने भयो। त्यो ऋण जनताको गोजीबाट तिर्ने कि कसले?’

बजेट निर्माण प्रक्रियालाई लिएर पनि उनले सरकारलाई कडा प्रश्न गरे । ‘बजेट बनाउँदा विपक्षीसँग संवाद गर्नुपर्दैन? यसपालीको बजेट राष्ट्रिय हो कि राष्ट्रिय स्वतन्त्र पार्टीको हो? बजेट बनाउँदा सरकारले अन्य दलसँग छलफल गर्नुपर्दैन ?’, उनले भने।

उनले सीमामा भइरहेको तस्करीको विषय उठाउँदै अर्को आक्रोश पोखे। ‘सय रुपैयाँको सामान ल्याउँदा खोस्ने सरकारले रातभर तस्करीको लाइन चलाएको सुनेका छौँ। के यो जायज हो ?’, उनले भने ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : ५१ बजे

नेपालबाट भुटानसामु ११४ रनको लक्ष्य

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानसामु १ सय

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर– भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल