३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य, प्रभावितलाई सेयर दिने  « Khabarhub

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य, प्रभावितलाई सेयर दिने 


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले देशको ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने लक्ष्यसहित ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना अघि सारेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त लक्ष्य सार्वजनिक गरेका हुन्।

राष्ट्रपतिले जलविद्युत् उत्पादन वृद्धि गर्दै ऊर्जा क्षेत्रमा निजी तथा विदेशी लगानी आकर्षित गरिने बताए। साथै, जलविद्युत् आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर उपलब्ध गराउने नीति पनि सरकारले लिएको जानकारी दिए।

सरकारले सबै नेपालीलाई विद्युतको पहुँचमा ल्याउने लक्ष्यसहित राष्ट्रिय प्रसारण प्रणाली विस्तार तथा ऊर्जा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।  

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ५ : ०१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण