गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे « Khabarhub

गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो विशेष महाधिवेशनमार्फत् सभापति बनेका गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा १९ जना नेताहरूलाई समेटेका छन् ।

थापाले सोमबार तत्कालीन सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालानिकट नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेटेका हुन् ।

कांग्रेसमा दुई समूहको विवाद मिल्ने सम्भावना नदेखिएको अवस्थामा थापाले लचिलो हुँदै दुई नेता निकट अन्य नेताहरूलाई केन्द्रीय कार्यसमितिमा तानेका हुन् ।

थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिका रुपमा रहेका ती नेताहरूलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

१. श्री महेन्द्र यादव-धनुषा
२. श्री जीवन परियार-कास्की
३. श्री उमेश श्रेष्ठ-चितवन
४. श्री रमेश रिजाल-पर्सा
५. श्री सुजाता कोइराला-मोरङ
६. श्री दिलेन्द्रप्रसाद बडू-दार्चुला
७. डा. चन्द्रकान्त भण्डारी-गुल्मी
८. श्री अजयकुमार चौरसिया-पर्सा
९. श्री लक्ष्मी परियार-उदयपुर
१०. श्री आङ्गेलु शेर्पा-सोलुखुम्बु
११. श्री दिनेशकुमार यादव-सप्तरी
१२. श्री राजीव कोइराला-सुनसरी
१३. श्री राजीव ढुंगाना-सुनसरी
१४. प्रा.डा. गोविन्दराज पोखरेल-प्यूठान
१५. श्री सुशिला मिश्र भट्ट-कैलाली
१६. श्री नागिना यादव-महोत्तरी
१७. श्री दिनेश कोइराला-चितवन
१८. डा. जीवन राना-कैलाली
१९. श्री सीता थपलिया (उर्मिला)-धादिङ

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ६ : १२ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६