गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे « Khabarhub

गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो विशेष महाधिवेशनमार्फत् सभापति बनेका गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा १९ जना नेताहरूलाई समेटेका छन् ।

थापाले सोमबार तत्कालीन सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालानिकट नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेटेका हुन् ।

कांग्रेसमा दुई समूहको विवाद मिल्ने सम्भावना नदेखिएको अवस्थामा थापाले लचिलो हुँदै दुई नेता निकट अन्य नेताहरूलाई केन्द्रीय कार्यसमितिमा तानेका हुन् ।

थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिका रुपमा रहेका ती नेताहरूलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

१. श्री महेन्द्र यादव-धनुषा
२. श्री जीवन परियार-कास्की
३. श्री उमेश श्रेष्ठ-चितवन
४. श्री रमेश रिजाल-पर्सा
५. श्री सुजाता कोइराला-मोरङ
६. श्री दिलेन्द्रप्रसाद बडू-दार्चुला
७. डा. चन्द्रकान्त भण्डारी-गुल्मी
८. श्री अजयकुमार चौरसिया-पर्सा
९. श्री लक्ष्मी परियार-उदयपुर
१०. श्री आङ्गेलु शेर्पा-सोलुखुम्बु
११. श्री दिनेशकुमार यादव-सप्तरी
१२. श्री राजीव कोइराला-सुनसरी
१३. श्री राजीव ढुंगाना-सुनसरी
१४. प्रा.डा. गोविन्दराज पोखरेल-प्यूठान
१५. श्री सुशिला मिश्र भट्ट-कैलाली
१६. श्री नागिना यादव-महोत्तरी
१७. श्री दिनेश कोइराला-चितवन
१८. डा. जीवन राना-कैलाली
१९. श्री सीता थपलिया (उर्मिला)-धादिङ

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ६ : १२ बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।