रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ « Khabarhub

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति तथा कार्यक्रमप्रति सन्तुष्टि व्यक्त गर्दै यसले राष्ट्रलाई अग्रगामी मार्गनिर्देशन गरेको बताएका छन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै उपनेता पराजुलीले भने, ‘नीति तथा कार्यक्रमले राष्ट्रलाई अग्रगामी मार्गनिर्देशन गरेको छ।’

उनले थप भने, ‘हामीले यसअघि नै रास्वपाको तर्फबाट पाँचवटा बुँदामा करारनामा र सयवटा बुँदामा वाचा पत्र ल्याइसकेका थियौं। संसद्मा रहेका सबै ६ राजनीतिक दलका वाचा पत्र समेटेर वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यदेश बनाएको छ।’

पराजुलीले नीति तथा कार्यक्रमलाई ‘सय बुँदे’ को रूपमा व्याख्या गर्दै भने, ‘वाचा पत्र र कार्यदेशलाई समेटेर आगामी वर्षको बजेट बनाउने प्रक्रियामा राष्ट्रपति पौडेलले बाचन गरेको नीति तथा कार्यक्रम नै सय बुँदे छ।’

उनले विगतका सरकारहरूको तुलनामा यो सरकारको उपलब्धिलाई जोड दिए । उन भने, ‘विगत ३७ वर्षमा अरू दलहरूले नगरेको काम हामीले गरेका छौं। अरू दलका पनि बाचा पत्र नीति तथा कार्यक्रममा समेटिएका छन्।’

उनले अन्य दल र सर्वसाधारणका सुझाव पनि स्वीकारेर जाने बताए । ‘हामी तपाईंहरूले दिएका सुझावलाई पनि स्वीकारेर जान्छौं’ उनले भने । उपनेता पराजुलीले सबै दल र सरोकारवालासँग सहकार्य गर्ने संकेत पनि गरेका छन्।

रास्वपाले आफ्नो चुनावी वाचा र सत्ता साझेदार दलहरूका प्रतिबद्धतालाई नीति तथा कार्यक्रममा समावेश गरिएकोमा सन्तुष्टि व्यक्त गरेको छ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ८ : ०९ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि