कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै « Khabarhub

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज सकिँदै छ । पार्टीका अनुसार आज राति १२ बजेसम्म सदस्यता अध्यावधिक गर्न सकिनेछ ।

महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातिसँगै अध्यावधिकको समयसीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अध्यावधिक गरिसक्न अपिल गरेका छन् ।

पार्टीका अनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन्।

त्यस बाहेक थप १ लाख २४ हजार ७४८ जनाले स्वयं अध्यावधिक फाराम पेस गरी अध्यावधिक प्रक्रियामा सहभागी भइसकेको जानकारी पनि पार्टीले दिएको छ।

महामन्त्री पौडेलले समयसीमा सकिनै लाग्दा एकैपटक धेरैले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी तत्कालै अध्यावधिक प्रक्रिया पूरा गर्न सबै क्रियाशील सदस्यलाई आग्रह गरेका छन् ।

उनले कांग्रेसको वेबसाइटमार्फत हरेक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट सहज रूपमा सदस्यता अध्यावधिक गर्न सक्ने व्यवस्था गरिएको बताउँदै, प्रक्रिया थाहा नभए वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै अध्यावधिक गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यका साथ अनलाइन माध्यमबाट क्रियाशील सदस्यता अध्यावधिक अभियान सञ्चालन गर्दै आएको छ।

तोकिएको समयसीमाभित्र आफ्नो सदस्यता अनलाइन प्रणालीमा दर्ता गराउने क्रियाशील सदस्य मात्रै आगामी १५औँ महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन्।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  १० : ४९ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी