परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू) « Khabarhub

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ । भगवान् विष्णुको दर्शन तथा पूजा–आराधनाका लागि श्रद्धालुहरू बिहान सबेरैदेखि मन्दिर पुगिरहेका छन् ।

मन्दिर परिसरमा भक्तजनहरूको उल्लेखनीय भीड देखिएको छ। दर्शनका लागि लामो लाइन लागेकाले श्रद्धालुहरूले आफ्नो पालो कुरिरहेका छन् । मन्दिरमा विशेष आरती, भजन तथा कीर्तन कार्यक्रम सञ्चालन भइरहेको छ, जसले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको छ ।

परमा एकादशी हिन्दु धर्मावलम्बीहरूका लागि विशेष महत्वको दिन मानिन्छ। यस अवसरमा भक्तजनहरू व्रत बस्ने, पूजा गर्ने तथा भगवान् विष्णुको आराधना गर्ने परम्पराअनुसार मन्दिरमा पुगिरहेका छन् । यही कारणले बुढानीलकण्ठ मन्दिरमा आज हजारौँ भक्तजनहरूको उपस्थिति देखिएको छ ।

यो एकादशी पुरुषोत्तम महिना (अधिक मास) को अन्तिम एकादशी हो। हिन्दु पञ्चाङ्गअनुसार हरेक तीन वर्षमा एक पटक आउने पुरुषोत्तम महिनालाई भगवान् विष्णुको सर्वोत्तम स्वरूप ‘पुरुषोत्तम’को नामबाट चिनिन्छ। यो महिना व्रत, दान, स्नान, पाठपूजा तथा भगवान् विष्णुको आराधनाका लागि अत्यन्त शुभ र फलदायी मानिने धार्मिक विश्वास छ। यस अवधिमा गरिने पुण्य कार्य साधारण महिनाको तुलनामा धेरै गुणा फलदायी हुने विश्वास गरिन्छ ।

पुरुषोत्तम महिनाको अन्तिम एकादशीका अवसरमा बुढानीलकण्ठसहित देशभरका विष्णु मन्दिरहरूमा भक्तजनहरूको विशेष भीड लागेको छ । यस वर्षको अन्तिम एकादशी भएकाले श्रद्धालुहरूमा थप उत्साह, श्रद्धा र भक्तिभाव देखिएको छ। धार्मिक आस्था र विश्वासका साथ भक्तजनहरू भगवान् विष्णुको दर्शन, पूजाआजा तथा व्रतमा सहभागी भइरहेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ११ : ११ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई