‘मारिया हस्पिटल’ अवैध, सिलबन्दी गर्न जिल्ला प्रशासन र प्रहरीमा पत्राचार « Khabarhub

‘मारिया हस्पिटल’ अवैध, सिलबन्दी गर्न जिल्ला प्रशासन र प्रहरीमा पत्राचार


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्द गरिएको छ ।

मेडिकल काउन्सिलले गरेको अनुगमनमा उक्त अस्पताल गैरकानुनी रूपमा  सञ्चालन भएकाले सिलबन्दी गरी हाललाई बन्द गरिएको बुझिएको मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

उनले विना अनुमति सञ्चालन रहेकाले उक्त अस्पतालका  सञ्चालकमाथि कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँमा पत्राचार गरिएको बताए । 

काउन्सिलले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न तीन चिनियाँ नागरिकको चिकित्सक अभ्यास अस्थायी दर्ता  तत्कालका लागि निलम्बन गरेको छ । 

संस्थाको बोर्डमा नाम राखी आचारसंहिता उल्लङ्घन गर्ने नेपाली चिकित्सकलाई पनि दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको डा पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ११ : २१ बजे

शेरधनले इन्द्रलाई भने, ‘हिक्मतलाई निरन्तरता दिएर काम छैन, अब अर्को ल्याउने हो’

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राई र कोशी प्रदेशका नेकपा

सामान्य बन्दै गोलबजारको जनजीवन, कर्फ्यु हट्यो (तस्बिरहरू)

जनकपुरधाम– सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइएको छ ।

अर्थतन्त्रको विकास र विस्तार गर्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र

कमजोर भीएफएक्स लिएर झुल्किए एक्सन हिरो निखिल

काठमाडौं – हिरो निखिल उप्रेतीको फिल्म रिलिज भएको ७ वर्ष