हर्कको पुरानै अडान : प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नै पर्छ « Khabarhub

हर्कको पुरानै अडान : प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नै पर्छ


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा पुरानै अडान दोहोर्‍याएका छन् ।

सभामुख डीपी अर्यालसँग समयमा मागेर बोल्दै उनले गत जेठ १७ गते नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले माफी माग्नै पर्ने बताए ।

‘हामी सदन चलाउन तयार छौँ । तर हाम्रो माग एउटै छ, ०८३ साल जेठ १७ गते प्रधानमन्त्रीले बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्छ’, उनले भने, ‘संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ ।’

उनले आफूहरू सदनका अन्य कार्यसूचीमा प्रवेश गर्न तयार रहेको बताए। ‘तर हाम्रा माग सम्बोधन हुनुपर्छ’, उनले भने, ‘तर प्रधानमन्त्रीले दिएको राष्ट्रहितविरोधी अभिव्यक्ति सच्याउनुपर्छ।’

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ११ : ३२ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा