बीपी क्यान्सर अस्पताल नेतृत्वका लागि सात चिकित्सक प्रतिस्पर्धामा « Khabarhub

बीपी क्यान्सर अस्पताल नेतृत्वका लागि सात चिकित्सक प्रतिस्पर्धामा


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आवेदन दिने चिकित्सकहरूको प्रारम्भिक सूची प्रकाशन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार प्रकाशन गरेको सूचना अनुसार आवेदन पेस गर्ने आवेदकहरू मध्येबाट वर्णानुक्रमका आधारमा सात जना चिकित्सकहरूको नामावली सार्वजनिक गरिएको हो । 

प्रारम्भिक सूचीमा सूचीकृत हुनेहरूमा डा. अजय कुमार झा (धनुषा), डा.जया श्रेष्ठ (चितवन), डा.भावना वाग्ले (चितवन), डा. योगेन्द्र प्रसाद सिंह (सर्लाही), डा. लक्ष्मी नारायण सिंह (महोत्तरी), डा. विजय चन्द्र आचार्य (चितवन) र डा.विश्वराम पौडेल (रामेछाप) रहेका छन् । 

मन्त्रालयका अनुसार छनोट प्रक्रियालाई अगाडि बढाउनका लागि ती उम्मेदवारहरूले बढीमा तीन हजार शब्दमा नबढ्ने गरी आफ्नो सोचपत्रु  बुझाउनुपर्ने व्यवस्था गरिएको छ । 

इच्छुक उम्मेदवारहरूले आगामी असार १ गते कार्यालय समयभित्र मन्त्रालयमा सोचपत्र बुझाइसक्नुपर्नेछ । उम्मेदवारहरूको अन्तर्वार्ताको मिति र स्थान भने सम्बन्धित आवेदकहरूलाई पछि जानकारी गराइने मन्त्रालयले जनाएको छ ।

गत १५ वैशाखमा प्रकाशित गरिएको सूचनामा आठ जनाको आवेदन परेको थियो ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ११ : ४८ बजे

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को