बजेटमाथि अमरेशकुमार सिंहको कडा टिप्पणी : ‘डरले शासन चल्छ तर विकास सम्भव छैन’ « Khabarhub

बजेटमाथि अमरेशकुमार सिंहको कडा टिप्पणी : ‘डरले शासन चल्छ तर विकास सम्भव छैन’


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा सांसद अमरेश कुमार सिंहले सरकारले ल्याएको बजेटप्रति कडा आलोचना गर्दै संरचनागत कमजोरी, आर्थिक असन्तुलन र विकास प्राथमिकतामाथि प्रश्न उठाएका छन् ।

सभामा बोल्दै उनले बजेटमा व्यक्तिगत आयकर सीमा वृद्धि, स्टार्टअप र सूचना प्रविधि क्षेत्रलाई समेटिएको विषयलाई सकारात्मक पक्षका रूपमा स्वीकार गरे पनि समग्र बजेटले जनताको ठूलो हिस्सामा उत्साह सिर्जना गर्न नसकेको दाबी गरे।

उनले बैंकमा निक्षेप बढ्नुको कारण ऋण प्रवाह सुस्त हुनु र व्यवसायिक वातावरण कमजोर हुनु भएको तर्क गर्दै देशमा ‘डरको वातावरण’ रहेको टिप्पणी गरे। डरले शासन चल्न सक्ने तर विकास सम्भव नहुने उनको भनाइ थियो ।

शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले निजी विद्यालय तथा अस्पतालमा कर लगाउने व्यवस्थाप्रति असन्तुष्टि जनाए। सार्वजनिक शिक्षा र स्वास्थ्य प्रणालीलाई सुदृढ नगरी निजी क्षेत्रमा कर लगाउनु गलत भएको उनको तर्क थियो ।

उनले ग्रामीण क्षेत्र, किसान र उत्पादनमुखी अर्थतन्त्रलाई बजेटले प्राथमिकता नदिएको भन्दै कृषकले उत्पादनको उचित मूल्य नपाउने समस्या पनि उठाए । खेतबाट सस्तोमा बिक्री हुने तर उपभोक्ताले महँगोमा उपभोग गर्नुपर्ने अवस्थाप्रति उनले ध्यानाकर्षण गराए।

यस्तै, युवा बेरोजगारी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सूचना प्रविधिको विकासले सिर्जना गर्ने रोजगारी चुनौतीलाई सम्बोधन गर्ने स्पष्ट योजना बजेटमा नदेखिएको उनको भनाइ थियो ।

उनले मुलुकको अर्थतन्त्र उत्पादनभन्दा बढी रेमिट्यान्समा निर्भर हुँदै गएको उल्लेख गर्दै व्यापार घाटा, महँगी र बाँझो जमिनको समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाए ।

आन्तरिक ऋण बढ्दै गएको र त्यसको ठूलो हिस्सा पुरानो ऋण तिर्नमै खर्च हुने अवस्थाले विकास खर्च सीमित बनिरहेको उनको टिप्पणी थियो । लगातार ऋण लिएर सञ्चालन हुने अर्थतन्त्र दिगो नहुने चेतावनी पनि उनले दिए ।

उनले बजेटले अपेक्षित आर्थिक रूपान्तरण गर्न नसक्ने दाबी गर्दै विगतदेखि दोहोरिँदै आएका कमजोरीहरू अझै कायम रहेको टिप्पणी गरे ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ३ : ०६ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड