रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय « Khabarhub

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर भएका गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले पुनरावलोकन सुनुवाइ गर्दै यसअघि भएको फैसला उल्ट्याएर बटालालाई १० वर्ष कैद सजाय तोकेको हो ।

यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई तीन वर्ष कैद सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध पुनरावलोकन भएपछि सर्वोच्चले पुनः सुनुवाइ गर्दै सजाय बढाएर १० वर्ष कायम गरेको हो ।

व्यापारी श्रेष्ठको हत्या प्रकरणमा आएको पछिल्लो फैसलासँगै यसअघि भएको निर्णय संशोधन भएको छ । अदालतले पुनरावलोकनबाट बटालाको सजाय अवधि बढाउँदै १० वर्ष कैद हुने फैसला गरेको जनाएको छ ।

०६५ वैशाख १५ गते श्रेष्ठलाई काठमाडौंबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो । अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो ।

१५ वर्षपछि ब्युँतियो रामहरि हत्या प्रकरण, माओवादी कमाण्डर कालीबहादुर पक्राउ

श्रेष्ठ माओवादी निकटकै व्यापारी मानिन्थे । त्यही भएर माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित श्रेष्ठको घरमै सम्पर्क कार्यालय खोलेको थियो ।

सो कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्की लगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ ।


प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ७ : २६ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई