रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय « Khabarhub

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर भएका गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले पुनरावलोकन सुनुवाइ गर्दै यसअघि भएको फैसला उल्ट्याएर बटालालाई १० वर्ष कैद सजाय तोकेको हो ।

यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई तीन वर्ष कैद सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध पुनरावलोकन भएपछि सर्वोच्चले पुनः सुनुवाइ गर्दै सजाय बढाएर १० वर्ष कायम गरेको हो ।

व्यापारी श्रेष्ठको हत्या प्रकरणमा आएको पछिल्लो फैसलासँगै यसअघि भएको निर्णय संशोधन भएको छ । अदालतले पुनरावलोकनबाट बटालाको सजाय अवधि बढाउँदै १० वर्ष कैद हुने फैसला गरेको जनाएको छ ।

०६५ वैशाख १५ गते श्रेष्ठलाई काठमाडौंबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो । अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो ।

१५ वर्षपछि ब्युँतियो रामहरि हत्या प्रकरण, माओवादी कमाण्डर कालीबहादुर पक्राउ

श्रेष्ठ माओवादी निकटकै व्यापारी मानिन्थे । त्यही भएर माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित श्रेष्ठको घरमै सम्पर्क कार्यालय खोलेको थियो ।

सो कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्की लगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ ।


प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ७ : २६ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी