सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा « Khabarhub

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ । नगरपालिकाको कार्यालय कटुञ्जेमा आयोजित घोषणा कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरेका हुन् ।

नगरप्रमुख थापाले बालबालिकाको स्वास्थ्य संरक्षण र सुरक्षित भविष्य निर्माणमा नगरपालिका सफल भएको भन्दै नगरपालिका क्षेत्रमा बस्ने पाँच वर्ष मुनीका प्रत्येक बालबालिकाले सतप्रतिशत खोप पाएको बताए । उनले घोषणालाई दिगोपना दिन थप कार्यक्रम ल्याउने बताउँदै नगरपालिकाले आफ्ना नागरिकलाई शिक्षा तथा स्वास्थ्य सहज र शुलभ पहुँचमा लगानी बृद्धि गरेको बताए ।

नगर प्रमुख थापाले भने, ‘स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ, त्यसकै परिणामस्वरूप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्भव भएको हो, नगरपालिकाले आफ्ना नागरिकलाई सहज र शुलभ स्वास्थ्य उपचार नगर अस्पतालबाट दिँदै आएको छ, स्वास्थ्य, शिक्षा तथा बालमैत्री स्थानीय शासनका क्षेत्रमा नगरपालिकाले सफलता हात पारेको छ ।’

सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक शाखाका संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले खोप अभियानले जन्मदेखि २३ महिनासम्मका बालबालिकालाई घरघरमै पुगेर खोजी गरेर खोप लगाउन सफल भएको बताए । सबै खोप प्राप्त गरेका बालबालिकालाई आगामी वर्षमा खोपको निरन्तरता र सुनश्चितता दिन नगरपालिकाले खोप र खोजलाई निरन्तरता दिने बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न एक वर्षदेखि खोप तथा खोज कार्यक्रम सञ्चालन गरी घरदैलोमा पगेर प्रत्येक बालबालिकालाई सबै प्रकारको खोज दिएको बताइन् । उनले खोप लगाउन छुटेका आठ जना बालबालिकालाई पूर्ण खोप दिलाउन सफल भएको बताइन् ।

नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बसन्त चौलागाईले घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्कअनुसार नगर क्षेत्रमा खोप पाएका १५ महिनासम्मका बालबालिकाको सङ्ख्या एक हजार ७५० रहेको, ड्रपआउट सङ्ख्या एक रहेको र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाको सङ्ख्या एक हजार ३२९ रहेको बताए ।
 

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ६ : ०९ बजे

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको