आज २०८३ साल साउन २७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन २७ गते बुधबारको राशिफल


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६ अगष्ट १२ तारिख। साउन कृष्ण पक्षको औंसी तिथि । अन्तर्राष्ट्रिय युवा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्ने छ। व्यापारमा लगानी डुब्ने जोखिम छ। विरोधी सक्रिय भएकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा ढिलासुस्ती हुनेछ।  पश्चिमको यात्रा नगर्नु उचित हुन्छ।

वृष : दिन सामान्य राम्रो छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। साथीको साथ मिल्नेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ।

मिथुन : बोलीकै कारण काम बन्नेछ। आफ्नो मूल्यांकन गर्न नजान्दा खटपटी बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त होला।

कर्कट : दिन राम्रो छ। शिक्षाको लगानीमा नाफा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिमा सक्रिय हुनुहुन्छ भने महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। मनमा चिन्ता बढ्ने जोखिम छ। काममा अवरोध सिर्जना हुनेछ। हरेक क्षेत्रमा सफलताका लागि थप मिहिनेत गर्नुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ।  परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। साथीको साथले राजनीतिमा बढुवा हुने योग छ। राज्यको काममा नाफा आर्जन गर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने जोखिम छ। आर्थिक क्षेत्रमा भने तपाईंले गरेको मिहिनेतको फल प्राप्त हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

वृश्चिक : दिन राम्रो छ। पढाइ र प्रेममा सफलता प्राप्त हुनेछ। मन प्रशन्न रहनेछ। रचनात्मक कलामा मन जानेछ। सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नु उचित हुन्छ।

धनु : दिन सामान्य छ। मन अशान्त रहनेछ। विवाद बढ्नेछ। राज्यको निगरानी रहेकाले हरेक काममा सचेत बन्नुपर्ने छ। आज उत्तरको यात्रामा ननिस्कनु उपयुक्त देखिन्छ ।

मकर : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले नाफा हुनेछ। मनमा सुख र सन्तोष प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। विपक्षीमाथि विजय प्राप्त गर्ने योग छ।

कुम्भ : बोलीमा नम्रता आवश्यक देखिन्छ। स्वास्थ्यमा देखिएको सुधारका लागि धार्मिक कार्यमा सहभागी हुनुपर्ने देखिन्छ। शिक्षा र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

मीन : दिन राम्रो छ। आज तपाईंको बोलीको प्रभावले काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। सोचेको काम सहजै बन्ने योग छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ५ : २२ बजे

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न सकिन्न : प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच

१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे

काठमाडौँ – पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो