ग्लोबल आइएमई बैंकको नाइमा अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन  « Khabarhub

ग्लोबल आइएमई बैंकको नाइमा अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन 


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना सार्वजनिक गरेको छ ।

नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन् ।

बैंकका अनुसार, हालको आधारदरमा न्यूनतम ५.२५ प्रतिशत ब्याजदर मा अटो लोन उपलब्ध हुनेछ । साथै, नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी खरिद गर्ने ग्राहकका लागि ३ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदर को विशेष योजना पनि ल्याइएको छ।

३ वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी कायम हुने बैंकले जनाएको ।

बैंकका अनुसार कर्जाका लागि बैंकसम्म पुगिरहनु पर्दैन । इमा अटो एक्सपोमै रहेको ग्लोबल आइएमई बैंकको स्टलबाटै कर्जाको आवेदन दिन सकिनेछ।

नयाँ गाडी वा इभी खरिद गर्न नाइमा अटो एक्सपोमा रहेको ग्लोबल आइएमई बैंकको स्टल (एस१)मा पुगि सहज तथा छिटो अटो लोनको सुविधा लिन बैंकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ११ : ३४ बजे

मोन्ट्रा इलेक्ट्रिकद्वारा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं– भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले नेपालमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंमा

‘कांग्रेस फुट्ने कि जुट्ने देउवाले बोलेपछि स्पष्ट हुन्छ‘

काठमाडौं – नेपाली कांग्रेस फुट्ने वा नफुट्ने विषय पूर्वसभापति शेरबहादुर

बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी

काठमाडौं–  हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले

ट्रम्पले स्वीकारे : इरानको डरले खाना ओसार्ने क्याटरिङ ट्रक चढेर अर्को विमानमा सरेँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्किएमा इरानबाट सुरक्षा

महेश बर्तौलाको टिप्पणी : चार महिनामै गणपूरक संख्या नपुग्नु ‘भयंकर संसदीय लज्जा’

काठमाडौं- नेकपा एमालेका पूर्वप्रमुख सचेतक एवम् नेता महेश बर्तौलाले नयाँ