भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु « Khabarhub

भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।

दक्षिणी राज्य तेलङ्गानामा मालवाहक गाडीले तीनपाङ्ग्रे सवारीसाधनलाई ठक्कर दिँदा पाँच महिलासहित छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

यसैबीच, मध्य प्रदेशमा भारी वर्षाका कारण नाला भरिएपछि यात्रुवाहक गाडी बगाउँदा एउटै परिवारका छ जनासहित नौ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार गाडीमा ११ जना सवार थिए। तीमध्ये दुई जना पौडी खेलेर सुरक्षित स्थानमा पुग्न सफल भएका छन्।

दुवै दुर्घटनाबारे स्थानीय प्रशासनले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १२ : ४९ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै