सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ « Khabarhub

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको सरकारलाई ‘एक्स्प्रेस गाडी’सँग तुलना गर्दै चालक अनुभवी र स्वस्थ नभए तीव्र गतिले दुर्घटना निम्त्याउन सक्ने टिप्पणी गरेका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै आले मगरले अहिले ‘एक्स्प्रेस गाडी’को चर्चा भइरहेको भन्दै सरकार तीव्र गतिमा अघि बढे पनि त्यसको चालक कस्तो छ भन्ने मुख्य प्रश्न रहेको बताए।

‘एक्स्प्रेस गाडी गुडिरहेको होला, उसकै गतिमा। ट्राफिक नियममा एउटा नारा पनि छ, विस्तारै गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न,’ उनले भने, ‘छिटो गए दुर्घटना हुन सक्छ, पुगिन्छ कि पुगिन्न ठेगान हुँदैन।’

चालक राम्रो भए एक्स्प्रेस गाडी ठीक हुने भए पनि चालकले गाँजा, भाङ र धतुरो खाएको अवस्थामा गाडी कहाँ ठोक्किन्छ र कसलाई कुल्चिन्छ भन्ने निश्चित नहुने उनले बताए। ‘लोकल गाडीभन्दा एक्स्प्रेस गाडी राम्रो हुन्छ, तर ड्राइभरले मापसे गरेको रहेछ भने के होला ?’ उनले प्रश्न गरे।

आले मगरले हरेक नयाँ कुरा सही र हरेक पुरानो कुरा गलत हुन्छ भन्ने सोच गलत भएको बताए। नयाँ कुरा स्वीकार गर्न सकिने भए पनि नयाँपनका नाममा पुरानै बाटो समात्नु उचित नहुने उनको भनाइ थियो।

उनले वर्तमान सरकार अनुभवहीन रहेको र नेतृत्वमा पनि पर्याप्त अनुभव नभएको टिप्पणी गरे। अनुभवहीनतासँगै दम्भ र अहंकार बोकेर मनपरी गर्न नहुने भन्दै उनले सरकारलाई अनुभवी पुस्ताका सुझाव र विगतका अनुभवबाट सिक्न आग्रह गरे।

सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको करबाट पछि हटेको उल्लेख गर्दै उनले सरकार अगाडि बढ्दै गर्दा कतिपय विषयमा पछाडि फर्किरहेको आरोप लगाए।

आले मगरले नेपालको संघीय प्रणालीको पनि बचाउ गरे। लामो समय एकात्मक प्रणाली अपनाएको नेपालमा जातीय तथा भौगोलिक विविधतालाई सम्बोधन गर्न संघीय प्रणाली उपयुक्त रहेको उनको भनाइ थियो।

‘संघीय प्रणालीले देश टुक्रिने भए सबैभन्दा पहिले स्विट्जरल्यान्ड र अमेरिका टुक्रिन्थे,’ उनले भने, ‘त्यसैले नेपाल टुक्रिन्छ भन्नु भ्रम मात्रै हो।’

उनले सरकारलाई तीव्र गतिमा अघि बढ्नुभन्दा त्यसको नेतृत्व, क्षमता र दिशातर्फ ध्यान दिन आग्रह गर्दै अन्त्यमा फेरि ‘एक्स्प्रेस गाडी गाँजा, भाङ र धतुरो खाएर चलाउने होइन, स्वस्थ चालकले चलाउने हो’ भन्ने टिप्पणी गरे।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  २ : २९ बजे

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका

गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

एक हजार ५२१ किलो गाँजा नष्ट

धनकुटा– जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित

आज पनि नेप्से परिसूचक झिनो अंकमै सीमित 

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सहज रूपमा ग्यास आपूर्ति