लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए « Khabarhub

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै नेपाल कम्युनिष्ट पार्टी (मसाल) पनि मिसिएको छ।

बुधबार तीन दलबीच लुम्बिनी प्रदेश सरकार गठनसहित राष्ट्रिय राजनीतिक विषयमा सहकार्य गर्ने सहमति भएको हो ।

तीन दलका शीर्ष नेताले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्। सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र त्यस प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख गरिएको छ।

त्यस्तै, दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनविरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने सहमति गरिएको छ।

बुधबार तीन दलबीच भएको छलफलपछि दुई बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।

सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन्।

यो सहमतिबाट लुम्बिनी प्रदेश सरकार गठनमा तीन दलबीच सहकार्यको आधार तयार गरेको छ। सहमतिअनुसार लुम्बिनीको मुख्यमन्त्रीमा एमालेले निरन्तरता पाउनेछ।

८३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४२ सांसद आवश्यक पर्छन् । एमाालेसँग २९ र नेकपासँग १३ सांसद छन् । जनमोर्चासँग १ जना सांसद छन् ।

यसअघि नेपाली कांग्रेसले सत्ता छाडेकाले मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिने तयारी गरेका छन्।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  २ : ४३ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै