गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो « Khabarhub

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को चौथो त्रैमाससम्म आइपुग्दा आफ्नो नाफा र अन्य प्रमुख वित्तीय सूचकहरूमा उत्साहजनक सुधार गरेको छ । 

विगत तीन वर्षका वार्षिक तथा त्रैमासिक प्रतिवेदनहरूको तुलनात्मक अध्ययन गर्दा बैंकले निक्षेप संकलन, ऋण प्रवाह र जोखिम व्यवस्थापनमा सुधार गरेको देखिन्छ ।

आर्थिक वर्ष २०८०/८१ मा बैंकले १७ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो, जुन आव २०८१-८२ मा घटेर १० करोड रुपैयाँ मा सीमित भएको थियो । 

तर, आव २०८२-८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ९५ लाख रुपैयाँ बढी खुद नाफा कमाउँदै ऐतिहासिक सफलता प्राप्त गरेको छ ।

बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा पनि उतारचढाव सहित केही सुधार देखिएको छ । 

आव २०८०-८१ मा ६७ अर्ब ५५ करोड रुपैयाँ निक्षेप रहेकोमा आव २०८१-८२ मा केही घटेर ६१ अर्ब ८३ करोड रुपैयाँ पुगेको थियो । हाल आव २०८२-८३ को अन्त्यसम्म बैंकले पुनः ६७ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ ।

कर्जा प्रवाहतर्फ आव २०८०-८१ मा ५३ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा आव २०८१-८२ मा ५१ अर्ब १३ करोड रुपैयाँ कायम भएको थियो । पछिल्लो विवरण अनुसार बैंकले हाल ५३ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको निष्क्रिय कर्जामा विगतमा केही दबाब देखिए पनि हाल यसमा सुधार आउन थालेको छ । आव २०८०-८१ मा ५.२९ प्रतिशत रहेको निष्क्रिय कर्जा आव २०८१-८२ मा बढेर ७.७५ प्रतिशत पुगेको थियो । तर, आव २०८२-८३ को चौथो त्रैमाससम्म आइपुग्दा यसलाई घटाएर ६.५५ प्रतिशतमा झारेको छ ।

यस्तै, निष्क्रिय कर्जाका विरुद्ध गरिएको प्रोभिजनिङ व्यवस्था पनि मजबुत देखिएको छ । आव २०८१-८२ मा ९९.६९ प्रतिशत रहेको यो प्रावधान हाल बढेर १०१.९३ प्रतिशत पुगेको छ । जुन गत आर्थिक वर्षको अन्त्यसम्म ९९.६९ प्रतिशत रहेको थियो ।

बैंकको पूँजी पर्याप्तता अनुपात मा क्रमिक सुधार भएको छ । आव २०८०-८१ मा १२.३९ प्रतिशत रहेको यो अनुपात आव २०८१-८२ मा १३.८४ प्रतिशत र हाल आव २०८२-८३ मा १४.०५ प्रतिशत पुगेको छ । यो नियामक निकायले तोकेको सीमा भन्दा माथि, सहज अवस्थामा छ ।

त्यसैगरी, बैंकको कोषको लागतमा पनि उल्लेख्य गिरावट आएको तथ्यांकले देखाएको छ । आव २०८१-८२ मा ४.९९ प्रतिशत रहेको कोषको लागत हाल घटेर ३.७६ प्रतिशतमा झरेको छ । 

कोषको लागत घट्नुले बैंकको आधार दर घटाउन र प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुर्‍याएको देखिन्छ ।
 

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ५ : २० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल