गगनलाई धम्क्याउन ‘देउवा’ अस्त्र प्रयोग गर्दै इतर समूह « Khabarhub

गगनलाई धम्क्याउन ‘देउवा’ अस्त्र प्रयोग गर्दै इतर समूह

शेखरको ढुलमुल कायमै, संस्थापन पक्ष रक्षात्मक



काठमाडौं– नेपाली कांग्रेसमा शीर्ष नेतासहित युवा पूर्व सभापति शेरबहादुर देउवालाई भव्य स्वागतका लागि तयारी गरिरहेका छन् ।

गत वर्ष पुसको अन्तिम साता विशेष महाधिवेशन गरेर सभापति बनेका गगन थापा पक्षलाई देखाउन देउवा समूहले शक्ति प्रदर्शन गर्न लागेको देखिन्छ । 

विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वलाई देखाउनकै लागि राष्ट्रिय भेला गर्न लाग्नुभएको हो ? भन्ने प्रश्नमा कांग्रेस नेता प्रकाश शरण महत भन्छन्, ‘पाँच पाँच पटक प्रधानमन्त्री भइसकेको कांग्रेस शीर्ष नेतृत्व, पार्टीका सभापतिज्यूलाई स्वागत र उहाँको सम्मान गर्दा कसैलाई देखाउन हुन्छ र ? उहाँ आएर काङ्ग्रेस एक ढिक्का बनाउन लाग्नुभएको हो ।’

उनी नेपाली कांग्रेसको विवाद पुनरालोकनका लागि अदालत पुगेकाले अदालतको फैसलाले न्याय दिने विश्वास व्यक्त गर्छन् । गत वर्ष विशेष महाधिवेशनपछि कांग्रेसको विवाद सर्वोच्च अदालत र निर्वाचन आयोगमा समेत पुगेको थियो।  तर अदालत र आयोगले मागमा विशेष महाधिवेशन गरेर बनेको नेतृत्वलाई कांग्रेसको नेतृत्व स्वीकार्यो ।

विमानस्थलमा ७ हजार उतार्ने दाबी

कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा २८ गते दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने कार्यक्रम छ। पार्टी नेता मीन विश्वकर्माका अनुसार उनी एयरपोर्टमा ओर्लँदा ७ हजार भन्दा बढी व्यक्तिहरु उनको स्वागतमा उपस्थित हुनेछन् । विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि स्वतस्फूर्त रुपमा नेता कार्यकर्ता उपस्थित हुन लागेका हुन्। 

देउवाको स्वागतमा डा. शेखर कोइराला पनि सहभागी हुने दाबी गरिन्छ । तर कोइराला २९ को राष्ट्रिय भेलामा उपस्थित भएर सम्बोधन गर्ने बताइन्छ। देउवालाई स्वागतका लागि फ्रन्ट लाइनमा वरिष्ठ नेताहरू समेत रहनेछन् । 

राष्ट्रिय भेलाका लागि कांग्रेसका मार्गनिर्देशक तथा सैद्धान्तिक, वैचारिक नेता बीपी कोइरालाका सुपुत्र डा.शशांक कोइरालाको नेतृत्वमा टोली एयरपोर्टमा सहभागी हुनेछ। धेरै जनाले देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बित्तिकै सम्पत्ति शुद्धिकरण र अन्य मुद्दामा पक्राउ पर्ने समेत हल्ला गर्न थालेका छन्। तर सरकारी स्रोतले अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन। 

यसबारे प्रश्न गर्दा काङ्ग्रेस नेता डा. महत भन्छन्, ‘स्वागतको तयारी भइरहेको छ। उहाँ किन पक्राउ पर्नु र पक्राउ गर्ने उचित आधार पनि हुनुपर्यो नि । एयरपोर्ट बाहिर विशाल कांग्रेस शुभचिन्तक र समर्थकको साथ उहाँलाई रहन्छ। हामीले उपस्थित नहुनु भन्दा पनि स्वत स्फुर्त नेताहरू आउनुहुन्छ ।’

नेता विश्वकर्मा भने देउवाको सुरक्षाका लागि सरकारलाई समेत जानकारी दिइसकेको बताउँछन् ।

स्वागतमा ‘देउवा आउ कांग्रेस बचाउ’ लगायतका नाराहरू तय भएको हुनसक्ने बताइन्छ । सामाजिक सञ्जालमा प्रशस्तै यस्ता नारा लेखिएका पोस्टर बनाइएका छन् । यसबारे सोध्दा नेताहरू मौन छन् । 

आमन्त्रित छैनन् विशेष महाधिवेशन पक्षधर 

विशेष महाधिवेशनबाट नेतृत्वमा निर्वाचित पदाधिकारीलाई २९ गतेको राष्ट्रिय भेलामा बोलाइएको छैन। तर महाधिवेशनमा उपस्थित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूलाई भने बोलाइएको छ ।

तपाईंहरूलाई पनि २९ गतेको भेलामा निमन्त्रणा छ भन्ने प्रश्नमा कांग्रेस महामन्त्री गुरुराज घिमिरे भन्छन्, ‘हामीलाई यसबारे जानकारी छैन । उहाँहरूले भेला गर्न पाउनुहुन्छ तर उहाँले गरेको भेलाले पार्टीलाई घाटा लाग्नुभएन। कांग्रेसमा विगतदेखि नै यस्ता भेलाहरू हुने गरेका थिए तर त्यसले पार्टीको आधिकारिकतालाई असर पुर्‍याउनु भएन ।’ 

नेपाली कांग्रेस संस्थापन इतर समूह देउवा पक्षका नेताहरूले चुनदेवीमा पार्टी सम्पर्क कार्यालय खोलिसकेका छन्।  त्यसको नेतृत्व बीपीपुत्र डा. शशांकले नै गरिरहेको देखिन्छ । कांग्रेसका युवा नेता कान्छाराम तामाङ भने २९ गतेको राष्ट्रिय भेलाले को कांग्रेसको आधिकारिक व्यक्ति हो भन्ने पुष्टि गर्ने बताउँछन् । उनी कसको पक्षमा धेरै जनमत छ भन्ने कुराको पनि पुष्टि गर्ने दाबी गर्छन् । 

अदालतमा पनि मुद्दा पुनर्विचारमा रहेको बताउँदै ६४ हैन ८० भन्दा बढी प्रतिनिधिले देउवालाई साथ दिने कान्छारामको दाबी छ। 

‘नेपाली कांग्रेससँग आबद्ध रहेका ८०  बढी आधिकारिक सदस्यले शेरबहादुर दाइलाई साथ दिनुहुन्छ । होइन भने २९ गतेको राष्ट्रिय भेलालाई हेर्नुहोला । त्यहाँ थामी नसक्नु जनसागर उत्रिन्छ ।’ कान्छारामले खबरहबलाई भने, ‘पार्टी फुट्न पनि सक्छ । धेरै जनाले त गगनको पक्षमा खुलेर काम छैन भन्ने महसुस गरिरहनु भएको छ। अस्ति विशेष महाधिवेशनमा उपस्थित हुनुभएको थुप्रै नेताहरू पनि हाम्रो टिममा आउनुहुन्छ अहिले नामै नभनौँ ।’

कान्छारामले चुनदेवी कार्यालयको बन्दोबस्त समेत गरेका थिए। उनी गगन थापा पक्षमा खुलेका थुप्रै नेताहरू राष्ट्रभेलामा सहभागी हुने दाबी गर्छन् ।

‘गगनलाई अहिले नेताहरूले उल्क्याएका छन् । भोलि उल्क्याउने नेताहरू नै हाम्रो पक्षमा खुल्नुहुन्छ । अहिले राष्ट्रिय भेलामा केही नेताहरू आउनुहुन्छ । पछि थपिँदै जानुहुन्छ ।’ कान्छाराम भन्छन्, ‘नेपाली कांग्रेस फुटाउने मुख्य नायक नै गगन थापा हो। शेरबहादुर दाइले ल त एकजुट हौ भन्ने किसिमको कुरा नै गरिरहनुभएको छ । तर गगन र उनका सहयोगीले मिल्न दिएका छैनन् ।’ 

राष्ट्रिय भेलाबाट आएको सन्देशले पार्टी फुटाउने जोड्ने भन्ने विषयमा निचोड लिने कांग्रेस नेताहरूको दाबी छ । राष्ट्रिय भेलामा देउवाको पक्षमा ५० बढी काङ्ग्रेस शुभचिन्तक उभिएको खण्डमा देउवाले पार्टी फुटाउन सक्ने बताइन्छ । तर उनी नेतृत्वमा नरहने पूर्णबहादुर खड्का या शशांकलाई नै अगाडि सार्ने तयारी गरेका छन् । 

गगनलाई एक्लै आएर देउवाले पार्टी नै फुटाउँछन् भन्ने निष्कर्ष अहिलेसम्म आधिकारिक ननिस्किए पनि कांग्रेस फुटको डिलमा भने पुगेको छ। देउवा नेपाल आएर गगन लचिलो हुँदै संवाद नगरेको खण्डमा उनी पक्षले पार्टी फुटाउन कुनै कसुर नराख्ने बताइन्छ । 

‘देउवा दाइ नेपाल आउँदै हुनुहुन्छ । उहाँलाई हामीले पर्खिएको हो। त्यसपछि पार्टी फुट्छ कि जुट्छ भन्ने कुराको टुङ्गो उहाँले नै लगाउनुहुन्छ।’ कांग्रेस नेता रमेश लेखक भन्छन्, ‘२९ गतेको राष्ट्रिय भेलापछि कसरी अगाडि बढ्ने भन्ने निर्णयमा पुग्छौँ । हामी त अहिले पनि पार्टी एक बनाउने प्रक्रियामै छौँ तर साथीहरू त्यही अनुसार लचिलो हुनुभएन ।’

देउजा पक्षका नेता मीन विश्वकर्मा र प्रकाशशरण महत पनि गगन लचिलो नभएको दाबी गर्छन् । तर संस्थापन पक्षका महामन्त्री प्रदीप पौडेलले पटकपटक छलफल र एकताको पहल गर्दा पनि अरु नेताहरूले कुरा फेर्दै गएको बताए । 

‘एकताको पहल गर्‍यो कुरा मिल्ने जस्तो अवस्था रहँदा नेताहरू फेरि भड्किने प्रवृत्ति छ। नीति र विधिबाट आएको नेतृत्वलाई जो कोही नेताले पनि स्वीकार गर्नुहुन्छ चाहे त्यो शीर्ष होस् या जुनियर होस् । विधिबाट आएको व्यक्तिलाई सम्मान गर्दै नेतृत्व स्विकारेर सल्लाह गरेको खण्डमा कांग्रेस फुट्दैन । हामी अहिले पनि कांग्रेस नफुटाउने चरणमै छौ ।’ पौडेल भन्छन्, ‘नेताहरूले विधि र विधानलाई पालना गरिदिनु भएको खण्डमा कांग्रेस कुनै पनि हालतमा फुट्दैन । उहाँहरूको भेलालाई हामी सम्मान गर्छौँ तर पार्टी फुटाउनबाट सबैले जोगाउने बेला हो ।’ 

संस्थापन इतर समूहले गर्न लागेको राष्ट्रिय भेलामा कांग्रेसका शीर्ष नेतासँगै केही युवाहरू पनि आउने देखिन्छ । संस्थापन र संस्थापन इतर कतै पनि नखुलेका नेतालाई समेत निमन्त्रणा गरिएको छ ।

कांग्रेसका एक सांसदले भने, ‘निम्तो त हामीलाई पनि छ तर हामी जाँदैनौँ। अस्ति बीपी स्मृति दिवसको अवसरमा गगन दाइले गरेको कार्यक्रममा पनि सहभागी भइएन । शशांक दाइहरूले गरेको कार्यक्रममा पनि सहभागी भइएन । बरु जिल्लाको कार्यक्रममा सहभागी भइयो ।’ 

राष्ट्रिय भेलामा शीर्ष नेताहरूलाई सम्बोधन गर्न दिइने विश्वकर्मा बताउँछन् । सम्बोधन गर्नेमा डा. शेखर कोइराला, डा.शशांक कोइराला, बिमलेन्द्र निधि, कृष्ण सिटौला, प्रकाशमान सिंह, महालक्ष्मी उपाध्याय डिना, पूर्णबहादुर खड्का, धनराज गुरुङ लगायतका थुप्रै नेताले सम्बोधन गर्नेछन् ।

अहिले कांग्रेसमा शीर्ष नेताहरू एकापट्टि लागेर गगनलाई एक्ल्याउने तयारी गरेको देखिन्छ । विगतमा देउवासँग असन्तुष्ट रहेका डा. शेखर पनि उनीसँगै रहने भएपछि थप महत्वका साथ हेरिएको छ । 

देउवा पक्षका नेताहरूले भने कांग्रेसको मुद्दा पुनरावलोकनमा पुगेकाले विशेष महाधिवेशनलाई वैधानिकता नदिने विषयमा खासखुस गर्न थालेका छन् । धेरैजना नेताहरू भने अदालतमा पुगेको विषयमा बोल्न नहुने बताउँछन् । 

कांग्रेसको देउवा पक्षलाई पनि चारतारे झण्डा र रुख चुनाव चिन्हको लोभ भने देखिन्छ। त्यही लोभका कारण उनीहरू गगन थापालाई अदालतले कांग्रेस सभापति नचिन्ने अवस्थामा पुर्‍याउनुपर्ने मनस्थितिमा रहेको देखिन्छ । अहिले गगन थापासँग कांग्रेसको आधिकारिक प्रमाणपत्र छ। चारतारे झण्डा रुख चुनाव चिन्न पार्टीको आधिकारिक प्रमाणपत्र र पार्टी कार्यालय सानेपा गगन पक्षको सम्पत्ति हो ।
 
‘फुटाउन होइन जुटाउन सम्बोधन गर्छु’
 
डा. शेखर कोइराला पक्षले भने पार्टी फुटाउन होइन जुटाउनका लागि सम्बोधन गर्ने दाबी गरेका गरेको छ । शेखर आफैँ पार्टी फुटाउनका लागि नभएर जुटाउनका लागि आफूहरू राष्ट्रिय भेलामा उपस्थित भएर सम्बोधन गर्न लागेको बताउँछन् । 

‘राष्ट्रिय भेलामा उपस्थित भएर सम्बोधन गर्न लागेको छु । पार्टी फुटाउन होइन जुटाउने अभियानमा छु। गगनजीहरु सँगै शेरबहादुर दाइ र अरु शीर्ष नेताहरू जोड्ने मेरो प्रयत्न रहन्छ।’ शेखर भन्छन्, ‘हामी पार्टी एकताकै पक्षमा छौँ। एकताकै लागि नेताहरूले राष्ट्रिय भेला मार्फत आह्वान गर्न लाग्नुभएको हो।’ 

विगतमा गगन थापाका नेता रहेका कोइराला गगनले आफूलाई नटेरेपछि देउवाको पक्षमा खुल्न लागेका हुन् । धेरैजना नेताहरूले त शेखरको न यता न उता स्वभावका कारण पनि कांग्रेसलाई घाटा लागेको दाबी गर्न थालेको देखिन्छ । उनी अहिले पनि आफ्नो सिद्धान्त र पक्षमा अडिएको देखिँदैन ।

थापाले कोइरालालाई नटेरेका कारण मात्रै उनी देउवा पक्षमा खुल्न गएका हुन्। विशेष महाधिवेशनमा उनले ढुलमुले नीति नै अख्तियार गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ६ : ५६ बजे

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक

सेती पुल निर्माणले गति लियो

गण्डकी – पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’