भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो « Khabarhub

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले बजार पाउन थालेको छ । भारतबाट आयात गरिएको सागसब्जीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा आयातमा कडाइ गरिएका कारण स्थानीय किसानले सन्तोषजनक मूल्य पाउन थालेका छन् । 

भारतीय सागसब्जी आयात रोकिएपछि अहिले बिहानीपख नेपालगञ्जको धम्बोझीस्थित सुर्खेतरोडमा बाँके र बर्दिया जिल्लाका किसानले बिक्री गर्ने सागसब्जी किनमेलको लागि उपभोक्ताको भीड लाग्ने गरेको छ । 

भारतबाट आउने सागसब्जीलाई भन्सारमा कडाइ गरेपछि नेपालगञ्जमा बाँकेका किसानले उत्पादन गरेको सागसब्जीले बजार पाएको नेपालगञ्जस्थित रानीतलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताए।

नेपालगञ्जको रानीतलाउ सागसब्जी बजारमा अहिले बाँके जिल्लामै उत्पादन भएको सागसब्जी आउने गरेको छ । भारतबाट बिक्रीका लागि ल्याउने सागसब्जी भन्सार गर्नुपर्ने प्रावधानले स्वदेशी कृषिउपजले बजार पाएको छ । 

भारतबाट भन्सार गरेर सागसब्जी ल्याउँदा महङ्गो हुने भएकाले व्यवसायीले भारतीय सागसब्जी आयात कम गरेका छन् । नेपालगञ्जको तरकारी बजारमा अहिले बाँकेको डुडुवा गाउँपालिका–६ स्थित हिरमिनिया, नेपालगञ्ज–१४ बालेगाउँ, जानकी गाउँपालिकाको ढोडेगाउँ, खजुरा गाउँपालिकाका किसानले कृषिउपज बिक्री वितरण गर्ने गरेका छन् । 

सल्यान, सुर्खेत र बर्दियाबाट पनि थोक दरमा तरकारी बजारमा कृषिउपज आउने गरेको अध्यक्ष थापा क्षेत्रीले बताए। नेपालगञ्जको सागसब्जी बजार बाँकेका किसानले व्यावसायिक रुपमा उत्पादन गरेको फूलगोभी, बन्दागोभी, लौका, फर्सी काँक्रा, बोडी, गोलभेँडा, खुर्सानीलगायतका कृषिउपजले धानेको छ । 

भारतबाट आउने तरकारी रोकिएपछि अहिले आफूहरूले उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाएको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँका किसान जलालुद्दीन बागबानले बताए। 

यस वर्ष राप्ती नदीको किनारमा गरिएको तरभुजाखेतीका कारण भारतीय तर्भुजालाई समेत विस्थापित गरिदिएको थियो । बजारमा उपभोक्ता अर्गानिक तथा स्थानीय उत्पादनतर्फ आकर्षित भइरहेको उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताए।
 

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ५ : १० बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ