कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो « Khabarhub

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ। पछिल्लो तथ्याङ्कअनुसार देशका पाँच प्रान्तमा चार हजार ३८१ जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ भने दुई हजार ११ जनाको मृत्यु भएको छ।

अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो तीन सातामा मात्रै कम्तीमा एक हजार जनाको मृत्यु भएको जनाएको छ। इबोला सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि स्वास्थ्य अधिकारीहरूले अवस्था नियन्त्रणका लागि तत्काल अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घीय आपत्कालीन राहत संयोजकद्वारा नियुक्त वरिष्ठ इबोला संयोजक जुलियन हार्नेसले सामाजिक सञ्जाल एक्समार्फत सङ्क्रमणका कारण भइरहेको बढ्दो मानवीय क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य पूर्वाधार सुदृढ गर्ने कामलाई तीव्रता दिएको जनाएको छ। लिटामा डब्ल्यूएचओद्वारा निर्माण गरिएको उपचार केन्द्र विस्तार भइरहेको छ। उक्त प्रयासमा युनिसेफ, विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लगायत मानवीय साझेदार तथा कङ्गोको स्वास्थ्य मन्त्रालयले सहयोग गरिरहेका छन्।

गत साता रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रिका केन्द्र (अफ्रिका सीडीसी) र डब्ल्यूएचओले डीआरसीमा समुदायको नेतृत्वमा हुने इबोला नियन्त्रण तथा प्रतिकार्य कार्यक्रम तत्काल विस्तार गर्न संयुक्त रूपमा आह्वान गरेका थिए।

डब्ल्यूएचओका अनुसार अगस्ट ४ र ५ मा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस, अफ्रिका सीडीसीका महानिर्देशक जीन कासेया तथा अफ्रिकाका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीको नेतृत्वमा युगान्डा र डीआरसीमा भएको संयुक्त उच्चस्तरीय मिसनपछि समुदायस्तरको प्रतिकार्य विस्तारमा जोड दिइएको हो।

इबोला रोग इबोला भाइरसबाट हुने गम्भीर भाइरल रक्तस्रावी ज्वरो हो। यस प्रकोपमा बुन्डिबुग्यो भाइरस स्ट्रेन संलग्न रहेको जनाइएको छ। रोगले उच्च मृत्युदर निम्त्याउन सक्ने भएकाले सङ्क्रमितको शीघ्र पहिचान, उपचार तथा समुदायस्तरमा प्रभावकारी नियन्त्रणका उपाय आवश्यक मानिन्छन्।

हालसम्म बुन्डिबुग्यो भाइरसबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि विशेष रूपमा स्वीकृत खोप वा उपचार उपलब्ध नभएको जनाइएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ५ : १२ बजे

‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’

काठमाडौं– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई

गगनलाई धम्क्याउन ‘देउवा’ अस्त्र प्रयोग गर्दै इतर समूह

काठमाडौं– नेपाली कांग्रेसमा शीर्ष नेतासहित युवा पूर्व सभापति शेरबहादुर देउवालाई

बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले देशभर सञ्चालनमा रहेका

अत्यधिक गर्मी बढेपछि बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

वीरगञ्ज– अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालयमा दुई दिन बिहान मात्रै