रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु « Khabarhub

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर भेन्यामिन कोन्ड्रातयेभले बुधबार बताएका छन् ।

यसै गरी दक्षिणी युक्रेनको अग्रणी सहर खेरसनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भएको जनाइएको छ । युक्रेनले पछिल्लो समयमा प्रभावित युक्रेनी सहरहरूमा मानिसहरूलाई सुरक्षित आश्रयमा राख्न  आदेश दिँदै देशभरका नागरिकहरूलाई मार्न बाध्य पार्ने मस्कोको चर्को आक्रमणको उचित प्रतिशोधको रूपमा रूसमाथि आफ्नो आक्रमण बढाएको जनाएको छ ।

रूसको पर्यटकीय क्षेत्र क्रास्नोडारमा ‘सयौं’ युक्रेनी ड्रोनको ब्यारेज प्रहार गरिएको क्षेत्रीय गभर्नर कोन्ड्रातयेभले बताएका छन् । नोवोरोसिस्कमा एक जना आठ वर्षीय बालकको मृत्यु भएको पुष्टि गर्दै उहाँले आठ जना घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको बताए । 

ड्रोन आक्रमणले बन्दरगाह सहरका २१ भवनहरूमा क्षति  पुगेको जनाउँदै उनले सामाजिक सञ्जालमा प्रसारित तस्बिरहरूले भवन तथा कारहरू जलेको देखाएको बर्ता  । 

भोल्ना गाउँको एक निजी घरको बगैँचामा ड्रोनको भग्नावशेष खस्दा अर्का व्यक्तिको मृत्यु भएको जनाइएको छ । कालो सागरको तटमा रहेको रिसोर्ट सहर जेलेन्डजिकमा पनि युक्रेनी आक्रमणका कारण दुई जना घाइते भएको जनाइएको छ ।

आफ्नो क्षेत्र र कालो सागरमा रातारात ५०२ युक्रेनी ड्रोनहरू खसालेको रूसी रक्षा मन्त्रालयले  विज्ञप्ति मार्फत जनाएको छ । यसैबिच युक्रेनको वायु सेनाले मस्कोले मिसाइल र १३८ ड्रोनले आक्रमण गरेको रिपोर्ट गरेको छ । 

दक्षिणी युक्रेनको अग्रडी सहर खेरसनमा भएको रूसी ड्रोनले आक्रमणले दुई जनाको ज्यान लिएको सहर प्रमुखले बताए।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ५ : २८ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा