सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन संकल्प प्रस्ताव दर्ता « Khabarhub

सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन संकल्प प्रस्ताव दर्ता


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै राष्ट्रियसभामा आज संकल्प प्रस्ताव दर्ता भएको छ । 

सो प्रस्तावमा चिकित्सा विज्ञानको विकाससँगै निःसन्तान दम्पतीका लागि यो प्रविधि वरदान साबित भए पनि कानुनी रिक्तताका कारण यसको चरम दुरुपयोग भइरहेको उल्लेख छ । 

प्रस्तावमा नेपालमा डिम्ब तथा शुक्रकीट दान, संकलन, भण्डारण, प्रयोग, आयात र निर्यातसम्बन्धी छुट्टै र स्पष्ट कानुनी व्यवस्था नभएको तथा यस प्रविधिबाट जन्मने बालबालिकाको अधिकार, गोपनीयता र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कानुनी व्यवस्था अपरिहार्य रहेको जनाइएको छ ।

सांसद मदनकुमारी शाह (गरिमा) प्रस्तावक र सांसदहरू कमलादेवी पन्त, झक्कुप्रसाद सुवेदी र प्रेमप्रसाद दङ्गाललगायत समर्थन रहेको प्रस्तावमा आर्थिक प्रलोभनमा पारेर किशोरीहरूको डिम्ब निकाल्ने र उनीहरूको स्वास्थ्यमा गम्भीर खेलबाड गर्नेजस्ता आपराधिक र व्यापारिक कार्यहरू भइरहेको उल्लेख गरिएको छ ।
       
प्रस्तावमा एआरटी सेवा प्रदान गर्ने अस्पताल, क्लिनिक र प्रयोगशालाहरूको दर्ता, सञ्चालन र अनुगमनका लागि सक्षम नियामक निकायको अभाव रहेको, डिम्ब र शुक्राणुको खरिद–बिक्रीमा हुने दलाली, अवैध कारोबार र मानव तस्करी जस्ता जोखिमहरूलाई रोक्न कडा कानुन आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ७ : १६ बजे

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका