आईजीपी कार्कीको आक्रोश, ‘हामी नै सबैभन्दा काम नलाग्ने मानिस रहेछौँ कि जस्तो लाग्यो’ « Khabarhub

आईजीपी कार्कीको आक्रोश, ‘हामी नै सबैभन्दा काम नलाग्ने मानिस रहेछौँ कि जस्तो लाग्यो’


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितताको उजुरीबारे संसद्को सार्वजनिक लेखा समितिमा जवाफ दिने क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले असन्तुष्टि जनाएका छन् ।

उजुरीबारे स्पष्टीकरण दिन आउनु स्वाभाविक भए पनि छलफलका क्रममा आफूहरूको ‘हुर्मत लिने’ किसिमको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो ।

समितिमा कार्कीले आफूलाई ‘यो धर्तीमा सबैभन्दा काम नलाग्ने मानिस हामी नै रहेछौँ कि’ भन्ने महसुस भएको टिप्पणी गरे । संसदीय समितिमा भएको छलफलको शैलीप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो अवस्था सभ्य र संसदीय दृष्टिले समेत सहज नलागेको बताए ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरीको पोसाक खरिद प्रकरणबारे छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

पोशाक खरिदमा अनियमितता भएको उजुरी परेपछि सार्वजनिक लेखा समितिले सम्बन्धित अधिकारीसँग यसबारे स्पष्टीकरण लिएको हो।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ७ : ४७ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा