मेसीको भावुक सन्देश- ‘बुवा, तपाईं अब हुनुहुन्न भन्ने विश्वासै लाग्दैन’ « Khabarhub

मेसीको भावुक सन्देश- ‘बुवा, तपाईं अब हुनुहुन्न भन्ने विश्वासै लाग्दैन’


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्ना दिवंगत बुवा जर्ज मेसीलाई सम्झँदै भावुक सन्देश सार्वजनिक गरेका छन्।

जर्जको गत शुक्रबार ६८ वर्षको उमेरमा निधन भएको थियो। त्यसपछि बुधबार मेसीले सामाजिक सञ्जालमार्फत बुवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधन स्वीकार्न आफूलाई अझै कठिन भइरहेको बताएका छन्।

मेसीले बुवालाई सम्बोधन गर्दै आफूले अब बुवालाई फेरि देख्न र कुरा गर्न नपाउने कुरा कल्पना गर्नसमेत कठिन भएको बताएका छन्। बुवासँग जोडिएका सम्झना र उनको साथ आफूभित्र सधैँ जीवित रहने उनको भनाइ छ।

मेसीको फुटबल करियर निर्माणमा जर्जको महत्वपूर्ण भूमिका थियो। बाल्यकालदेखि नै उनले मेसीको प्रतिभालाई प्रोत्साहन गर्दै करियरमा निरन्तर साथ दिएका थिए। उनी मेसीका बुवा मात्र नभई लामो समयसम्म उनका प्रतिनिधिसमेत थिए।

यस वर्षको विश्वकपअघि जर्जको स्वास्थ्य अवस्था बिग्रिएको र उनी मेसीलाई अन्तिम विश्वकप खेल्न आग्रह गर्दै आएको मेसीले आफ्नो सन्देशमा उल्लेख गरेका छन्। विश्वकपका खेलपछि बुवाको सन्देशको प्रतीक्षा गर्ने गरेको तर त्यसपछि आफूले अवस्थाको गम्भीरता महसुस गरेको उनले बताएका छन्।

बुवाको निधनपछि मेसी अर्जेन्टिना पुगेका थिए। जर्जको निधनले मेसीको व्यक्तिगत जीवनसँगै उनको खेल करियरमा समेत भावनात्मक प्रभाव परेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ७ : ४८ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा