युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने « Khabarhub

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले युवा वर्गको चाहनाअनुसार नेतृत्व पाएको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् ।

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित संसद्सम्म युवा आवाज कार्यक्रममा उहाँले नेपालले युवा दिवसको उत्सव मनाउन मात्र होइन अनुभव नै गर्न पाएको बताए ।

सभापति लामिछाने भने, “विश्वका धेरै देशहरूले देखेको सपना र सोचेको युवा नेतृत्वको विषय नेपालले व्यवहारमै हासिल गरेको छ । यस अघि मुलुकको राजनीतिमा युवा नेतृत्व भएन भनेर गुनासो गरिएको थियो, तर अहिले मुलुक हाक्ने नेतृत्व नै युवा भएकाले जनअपेक्षाअनुसार काम गरेर देखाउनुपर्ने छ । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।”

मुलुकको राजनीतिमा हाल नेपालले विश्वकै वीरलै अवसर पाएको उल्लेख गर्दै उनले अब युवाका सपना साकार हुने गरी काम गर्नुपर्नेमा जोड दिए । युवामा तत्काल परिणाम खोज्ने बानी देखिएको बताउँदै उहाँले युवा नेतृत्व सफल भएन भने भविष्यका लागि समेत आरोप लाग्नेतर्फ सबै सचेत भएर काम गर्नुपर्ने बताए ।

वर्तमान सरकार गठन भएको चार महिना मात्र भएको र यस अवधिमा मुलुकको उज्ज्वल भविष्यको बलियो जग निर्माणको काम भइरहेको बताउँदै उनले सरकारले अहिले विभिन्न निकाय र संस्थामा योग्य र सक्षम व्यक्तिलाई काम गर्ने अवसर प्रदान गरिरहेको जानकारी गराए ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १० : ११ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा