आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६ सेप्टेम्बर १२ तारिख। भदौ शुक्ल पक्षको प्रतिपदा तिथि। प्राथमिक उपचार दिवस/गुंला पर्व समाप्ति । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : काममा सफलता मिल्नेछ । व्यापारमा लाभ हुनेछ। नाफा आर्जनका लागि व्यापारमा साथीसँग सहकार्य गर्नुपर्ने छ। शिक्षामा प्रगति हुनेछ। पारिवारिक मेलमिलापको योग रहेको छ । चार्डपर्वको उत्साहले मन खुशी हुनेछ ।

वृष : तपाईंको बोलीका प्रभावले काम बन्नेछ। सम्पत्ति खर्च भए पनि लक्ष्य पूरा हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। मनमा उत्साह बढ्ने योग छ ।

मिथुन : एकपछि अर्को समस्या थपिने छन्। बोली र व्यवहारमा एकरुपता नदेखिने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा विश्वास नगर्ने बानीले अप्ठेरो परिस्थिति सिर्जना हुनेछ।

कर्कट : तपाईंका लागि शुभदिन छ। साथीको साथ मिल्नेछ। तपाईंको काम बन्ने छ। शिक्षामा भने ढिलासुस्ती हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। परिवारको सल्लाहमा गरेको काम सफल बन्ने छ।

सिंह : आज कम बोल्नु उचित हुनेछ । गोपनीयता भंग नगर्नु फाइदा हुन्छ। व्यवहारमा सानो कुराले झन्झट दिने भएकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने देखिन्छ ।

कन्या : शुभ खबर सुन्न पाइने छ । व्यवहारमा सकारात्मक सुत्र पत्ता लाग्ने छ। मन खुशी हुनेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

तुला : यात्रा गर्दा सचेत हुनुपर्नेछ । श्रमको मूल्य अर्काले खाने जोखिम छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

वृश्चिक : आज कम बोल्नु उचित हुनेछ । साथीको साथ मिल्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन प्रशन्न हुनेछ। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

धनु : धनलक्ष्मी योग परेको छ । आज गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ। राज्यको माथिल्लो निकायबाट तपाईंको पक्षमा निर्णय हुनेछ। काममा उत्साह मिल्नेछ ।

मकर : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच राम्रो रहेको छ। गोपनीयता भंग नगर्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रामा खर्च बढ्ने छ। विपक्षी साथीबाट काम गर्दा सचेत बन्नुपर्ने छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्ने छ।

मीन : दिन राम्रो छ। शिक्षामा सफलता मिल्ने छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ । बोल्दा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। मिहिनेतको फल मिल्ने योग छ ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ५ : ३१ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती