एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक « Khabarhub

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक


२७ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर आशिफ शेखले अर्थशतक बनाएका छन्। अर्का ओपनर अर्जुन कुमालसँग ९७ रनको साझेदारी गरेका उनले ७३ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्।

२१ ओभरको अन्तिम बलमा नेपालका अर्जुन कुमाल आशिफसँग तालमेल नमिल्दा रनआउट भए । अर्जुनले ६३ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए । अर्जुन आउट भएपछि तेस्रोक्रममा ब्याटिङ गर्न इशान पाण्डे क्रिजमा छन्। टस जितेर संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध सुरुमा ब्याटिङ गरेको नेपालका लागि ओपनरले महत्त्वपूर्ण साझेदारी गरेका हुन्।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेपछि ओपनिङ आकर्षक बनेको हो ।

२७ ओभरको समाप्तिमा नेपालले दुई विकेट गुमाएर १२५ रन बनाएको छ । नेपालका लागि इशान पाण्डे २० बलमा १३ रन बनाएर आउट भएका हुन्। इशान आउट भएपछि रोहित पौडेल ब्याटिङमा आएका छन्। आशिफ ७८ बलमा ५८ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  ९ : ०० बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण