गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते « Khabarhub

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। बिहान करिब ६:५० बजे भएको दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका हुन्।

घाइतेहरूलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। पुरानो मेडिकल कलेजमा कालिकोटका धनमान हमाल, गैंडाकोटका लिला थापा, प्रेम बहादुर रानाभाट, मिरा आचार्य, बाराका मोहन भैया साह, चितवनकी निशा तिवारी, उनका ८ वर्षीय छोरा ऐट्रेन भट्ट, दाङका निमलाल खड्का, अमृता खड्का तथा रुपन्देहीका मनोज गुरुङ र हुमा गुरुङको उपचार भइरहेको छ।

यसैगरी नयाँ चितवन मेडिकल कलेजमा बस चालक सन्तोष बहादुर गुरुङ, गैंडाकोटका आत्रिया पौडेल, माधवा ज्ञवाली, सिता ज्ञवाली, जस्विन ज्ञवाली, गोरखाका शंकर बयलकोटी र चितवनकी दिभा रानाभाटको उपचार भइरहेको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १० : ०९ बजे

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र